शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबारको मौसम पूर्वानुमान

सोमबार, १५ भदौ २०७७, ०७ : ३२
सोमबार, १५ भदौ २०७७

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको छ । 

सोमबार जारी मौसम पूर्वानुमानमा हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी  प्रदेशका सामान्य बदली रही  प्रदेश १ र गण्डकी  प्रदेशका थोरै  स्थानहरुमा हल्का बर्षा भएको छ।अन्य भूभागमा आंशिक बदली रहेको जनाइएको छ । 

यसैगरी, आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुर्इ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप