शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नायिका जेनेलियाको खुलासाः तीन हप्ताअघि कोरोना संक्रमित भएकी थिएँ, आइसोलेशन निकै चुनौतीपूर्ण

सोमबार, १५ भदौ २०७७, ०७ : ३०
सोमबार, १५ भदौ २०७७

बलिउड नायिका जेनेलिया डिसुजा देशमुखले आफू तीन हप्ता अघि कोरोनाद्वारा संक्रमित भएको खुलासा गरेकी छिन् । संक्रमणपछि आफू आइसोलेशनमा बस्नु परेको पनि उनले बताइन् । यद्यपि, अब उनको रिपोर्ट नेगेटिभ आइसकेको छ । उनले सो कुरा आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेकी हुन् ।

जेनेलियाले आफ्नो पोस्टमा लेखिन्, ‘नमस्ते, तीन हप्ता अघि ममा कोभिड पोजेटिभ देखिएको थियो । पछिल्लो २१ दिनदेखि म असिम्पोमेटिक (लक्षण नदेखिएको) थिएँ । भगवानको कृपाले आज मेरो कोभिड परीक्षण नेगेटिभ आएको छ । ममाथि चलिरहेको आशिर्वादका कारण यो रोगसँग मेरो लडाईं निकै सजिलो भयो तर मैले यो पनि स्विकार गर्नुपर्ने छ कि आइसोलेशनको यो २१ दिन मेरा लागि सबैभन्दा चुनौतीपूर्ण रह्यो ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Genelia Deshmukh (@geneliad) on

एक्लोपनसँग जुध्न निकै मुश्किलः

उनले थपिन्, ‘फेसटाइम र अन्य डिजिटल एपमा बिताएको जति पनि समयले एक्लोपनको त्यो समस्यालाई मार्न सक्दैन । म आफ्नो परिवार र प्रियजन भएठाउँ फिर्ता हुन पाउँदा निकै खुसी छु । आफूलाई प्रेम गर्ने परिवारको नजिक राख्नुहोस् । उनीहरु वास्तविक शक्ति हुन् र सबैलाई आवश्यक भनेको यहि एउटा कुरा हो । चाँडोभन्दा चाँडो परीक्षण गराउनुहोस्, यो राक्षससँग लड्ने एकमात्र तरिका भनेको स्वस्थ हुनु हो । जेनेलियाको प्रेम ।’

थुप्रै सेलिब्रिटी ठिक भइसकेः

जेनेलियासँगै अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चनलगायतका थुप्रै सेलिब्रिटी कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप