शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा संक्रमितको संख्या ६० लाख पार, कलेजमा फैलियो संक्रमण

सोमबार, १५ भदौ २०७७, ०६ : ४८
सोमबार, १५ भदौ २०७७

अमेरिकामा आइतबार कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख पार भएको छ । यसका साथै मिडवेस्टका थुप्रै राज्यमा संक्रमण तीब्र रुपमा बढ्न थालेको छ ।

आयोवा, नर्थ डाकोटा, साउथ डाकोटा र मिनिसोटामा संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ । यस्तै मोन्टाना अस्पतालमा भर्ना गरिएका बिरामीको संख्यामा पनि वृद्धि भएको छ ।

देशभरीको आँकडाको कुरा गर्ने हो भने, नयाँ संक्रमित, मृत्यु र अस्पतालमा भर्ना हुनेहरुको संख्या कम नै भइरहेको छ तर मिडवेस्टमा नयाँ हटस्पट देखिन थालेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आयोवामा थुप्रै यस्ता काउन्टिजमा नयाँ संक्रमित देखा परेका छन् जहाँ युनिभर्सिटी र कलेजमा कक्षा चालू भएका थिए । तर कलेज खोलिएपछि संक्रमितको संख्यामा तीब्र वृद्धि देखिएको छ । यस्तोमा केही कलेज पुनः अनलाइन कक्षामा फर्किएका छन् ।

आइतबार न्यूयोर्कका गभर्नरले आफ्नो राज्यबाट विशेष दललाई ओनिओन्टामा स्टेट युनिभर्सिटी अफ न्यूयोर्क पठाइएको जानकारी दिए । सयभन्दा बढी व्यक्ति संक्रमित पाइएपछि त्यहाँ दुई हप्ताका लागि कक्षा रोकिएका छन् ।

युनिभर्सिटीका चान्सलरले भने, ‘हामीले खबर पाएका छौं कि विद्यार्थीहरुले पार्टी गरेका थिए जसमा धेरै मानिसहरुको सहभागिता थियो । तीमध्ये कोभिड–१९ को लक्षण देखिएका विद्यार्थी पनि समावेश भएका थिए ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप