बेलारुसमा राष्ट्रपतिविरुद्ध विशाल प्रदर्शन

एजेन्सी । बेलारुसमा राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोको विरुद्धमा विशाल प्रदर्शन भएको छ । आइतबार हजारौं मानिसले उनीविरुद्ध सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अवस्था तनावपूर्ण भएको छ । राजधानी मिन्स्कस्थित स्वतन्त्रता स्क्वायर लगायतका धेरै महत्वपूर्ण स्थानहरु ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ ।
प्रदर्शनका क्रममा आइतबार १२५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको त्यहाँको आन्तारिक मामिला मन्त्रालयले जानकारी दिएको छ । प्रहरीका अगाडि प्रदर्शनकारीहरुले जथाभावी नाराहरु लगाएका थिए । बेलारुसमा अगष्ट ९ मा सम्पन्न निर्वाचनपछि प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीहरुले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै पद त्याग्न आग्रह गरिरहेका छन् ।
लुकाशेन्को विगत २५ वर्षदेखि सत्तामा रहेका छन् । उनले भने निर्वाचनमा कुनै धाँधली नभएको दाबी गर्दै आएका छन् । उनले आफुलेका पद त्याग्नुपर्ने कुनै कारण नभएको अडान लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य