बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तिब्बतमा चिनियाँ पाठ्यक्रम लागू गर्दै चीन

आइतबार, १४ भदौ २०७७, २३ : ४०
आइतबार, १४ भदौ २०७७

एजेन्सी । चीनले तिब्बत एकीकरण गरेको ७० वर्षपछि चिनियाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्याशालामा सम्बोधन गर्दै तिब्बतमा चिनियाँ पाठ्यक्रम लागू गर्ने जानकारी दिएका हुन् । राष्ट्रपति सीले तिब्बतमा चिनियाँ पाठ्यक्रम लागू गरिए त्यहाँका जनतामा व्यक्तिगत सोचाईमा समेत फरकपन ल्याउन सकिने बताएका छन् ।

राष्ट्रपति सीले भने, तिब्बतलाई चीनको राष्ट्रिय एकतामा जोड्नु अनिवार्य छ ।’ राष्ट्रपति सीले तिब्बतीहरुको विचारमा परिवर्तन ल्याएमात्र राष्ट्रिय अखण्डता जोगिनेमा जोड दिएका छन् । तर चीनले तिब्बतको सांस्कृतिक पहिचानलाई समेत परिवर्तन गर्न खोजेको आरोप खेपिरहेको छ । त्यसलाई स्वतन्त्र तिब्बत पक्षधरहरुले सांस्कृतिक संहारका रुपमा लिने गरेका छन् ।

पार्टी कार्यक्रमलाई सम्बोधन गर्र्दै राष्ट्रपति सीले भने, ‘तिब्बतका स्कुलहरुमा राजनीतिक र वैचारिक शिक्षा दिइनुपर्छ ताकि त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरुको भावना चीनसँग जोडिन सकोस् । उनीहरुको ह्रदयमा चीनप्रति मायाको भाव पलाओस् । यसले नै एउटा आधुनिक, सुन्दर, निर्मल र भ्रातृत्वप्रेमसँग जोडिएको तिब्बत निर्माण हुनसक्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप