बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘गाउँका चारमध्ये तीन विद्यार्थी अनलाइन शिक्षाबाट विमुख’

आइतबार, १४ भदौ २०७७, २१ : ३६
आइतबार, १४ भदौ २०७७

कोरोनाका कारण पछिल्ला ५ महिनादेखि संसारभरका अधिकांश स्कुल र कलेज बन्द छन् । यस दौरान ठूलो संख्यामा मानिसहरुको जागिर गुमेको छ, धेरै व्यापार–व्यवसाय बन्द छन् ।

शैक्षिक प्रणालीमा कोरोनाको सिधा असर परेको छ । लकडाउनका दौरान पढाई प्रभावित नहोस् भनेर केही देशहरुले रिमोट लर्निङ वा अनलाईन क्लासको व्यवस्था गरेका छन् । 

मोबाइल, टिभी र रेडियोमार्फत विद्यार्थीहरुलाई पढाउने गरिएको छ । यद्यपी, अनलाईन क्लासको सुविधाबाट बन्चित हुनेको संख्या ठूलो छ अर्थात् धेरै विद्यार्थीहरुसँग मोबाइल वा इन्टरनेटको सुविधा छैन । 

कतिपय इलाकामा मोबाइल चार्ज गर्न आवश्यक विद्युत नै छैन । युनिसेफ, युनेस्को र वल्र्ड बैंकको रिपोर्टका अनुसार संसारभर झन्डै १ करोड ५० लाख विद्यार्थी कोरोनाबाट प्रभावित छन्, यसमध्ये ४७ करोड अर्थात् ३१ प्रतिशतले पाएका छैनन् । 

पूर्वी अफ्रिका र दक्षिण अफ्रिकामा ४९ प्रतिशत विद्यार्थी अनलाई शिक्षाको सुविधाबाट बन्चित छन् । ल्याटिन अमेरिकामा ९ प्रतिशत विद्यार्थीसँग यस्तो सुविधा छैन । 

संसारभरका  १ सय १० देशमा अलग–अलग लेवल अर्थात प्रि–प्राइमरी, प्राइमरी र मध्यमिक स्तरका विद्यार्थीले कुन माध्यमबाट अध्ययन गरिरहेका छन् भनेर सर्वे गरिएको हो । जसअनुसार इन्टरनेटको माध्यमबाट पढ्ने विद्यार्थीको संख्या टिभी र रेडियोमार्फत पढ्नेभन्दा धेरै छ । प्रि प्राइमरीमा ४२ प्रतिशत, प्राइमरीमा ७४ प्रतिशत र उच्च माध्यमिक स्तरमा ७७ प्रतिशत विद्यार्थीले अनलाईनमार्फत पढिरहेका छन् । 

श्हरका विद्यार्थीहरुले अनलाईन शिक्षाको फाइदा उठाइरहेपनि गाउँका कमैमात्र विद्यार्थीसँग यस्तो सुविधा छ । रिपोर्टका अनुसार गाउँमा हरेक चारमध्ये तीन बच्चा अनलाईन शिक्षाबाट टाढा छन् । 


न्युुन आय भएका देशका ४७ प्रतिशत र मध्यम आययुक्त देशका ७४ प्रतिशत बालबालिका कोरोनाका कारण शिक्षाबाट टाढा भएका छन् । 

रिपोर्टकाअनुसार कोरोनाकालअघि नै विश्वका २५ करोड बालबालिका शिक्षाबाट बन्चित थिए । कोरोनाकालपछि यो संख्या थप वृद्धी हुने आँकलन गरिएको छ । 

स्रोत दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप