मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा हत्या आरोपमा २ जना पक्राउ

आइतबार, १४ भदौ २०७७, १७ : ३५
आइतबार, १४ भदौ २०७७

दार्चुला । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नं ८ का ३७ वर्षीय लालबहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मालिकार्जुन–८ तस्कोटकै २० वर्षीय शम्शेर धानुक र सोही ठाउँ बस्ने ३५ वर्षीय अजब चन्द रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । यही भदौ ५ गते मदिरा सेवन गरी उनीहरुले लालबहादुरलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । पीडित परिवारले यही भदौ १० गते मदिरा सेवन गरि कुटपिट गरेको भन्दै प्रहरी चौकी शंकरपुरमा निवेदन दिएका थिए । 

घाइते भएका चन्दको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि यही भदौ ११ गते धनगढी रेफर गरिएको थियो । चन्दको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शवको पोष्टमार्टम धनगढीमै गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप