शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा निषेधाज्ञालाई निरन्तरता

आइतबार, १४ भदौ २०७७, १७ : ३१
आइतबार, १४ भदौ २०७७

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञालाई पुनः तीन दिन थप गरेको छ । यही भदौ १ गतेदेखि लागू गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १७ गते राति १२ बजेसम्म लागु हुने गरी निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । 

तीन दिनपछि पालिकाहरुसँग छलफल गरी अर्को निर्णय लिइने बैठकले निर्णय गरेको छ ।  कोरोना सङ्क्रमित वृृद्धि हुन थालेपछि रोकथाम गर्न लागु गरिएको निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई प्रजिअ ढकालले आग्रह गरेका छन् । त्यस्तै अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको पनि बताइएको छ । जिल्लामा हालसम्म कोभिड–१९ बाट सङ्क्रमित ९९ जना पुगेका छन् । तीमध्ये तीन जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप