शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय कारागारका थप ३५ कैदीबन्दीलाई कोरोना संक्रमण

आइतबार, १४ भदौ २०७७, १६ : ५०
आइतबार, १४ भदौ २०७७

काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा थप ३५ जना कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । यसअघि १५ जनालाई संक्रमण पुष्टि भएको थियो ।  आईतबार थप पुष्टि भएका सहित केन्द्रीय कारागारमा संक्रमित कैदिबन्दीको संख्या ५० पुगेको जेलर लक्ष्मी बाँस्कोटाले रातोपाटीलाई जानकारी दिए । संक्रमितमध्ये २ जना कैदीबन्दीले कोरोना जितिसकेका छन् । 

गृहमन्त्री रामबहादुर थापाल ‘बादल’ले कैदीबन्दीलाई कारागार बाहिर अस्पताल र अदालतमा ओहोर–दोहोर गराउँदा संक्रमण बढेको बताएका छन् । आईतबार राज्य ब्यवस्था समितीको भर्चुअल बैठकमा थापाले सो कुरा बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप