बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा निषेधाज्ञा पुनः थपियो, १२ बजेसम्म व्यापार गर्न पाइने

आइतबार, १४ भदौ २०७७, १६ : ४४
आइतबार, १४ भदौ २०७७

जनकपुर । धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञाको समय अवधि पुनः एक साताका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभर कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समय अवधिलाई भदौ २१ राती १२ बजेसम्मका लागि थप गरिएको जानकारी दिए । यसअघि निषेधाज्ञाको समय भदौ १४ गते आइतबार राति १२ बजेसम्म तोकिएको थियो । 

प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन निषेधाज्ञाको समय थप गरिएको बताए ।
लकडाउनको अवधिमा व्यापारीले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म पसल सञ्चालन गर्न पाउने भएका छन् ।

यसअघि बिहान १० बजेसम्म मात्रै व्यवस्था थियो भने सोमबारदेखि व्यापारीहरुको दवावपछि २ घन्टा बढाइएको छ । व्यापार व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने तथा क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ । प्रशासनको आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । अहिलेसम्म धनुषाना १ हजार ४ सय ४७ जना संक्रमित छन् भने १२ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप