शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालिकोटमा पहिरोले पुरेर एकै परिवारका ४ जनाको मृत्यु, २ जनाको जिवितै उद्धार

आइतबार, १४ भदौ २०७७, १६ : ३४
आइतबार, १४ भदौ २०७७

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मा बजारमा पहिरोले पुरेर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । आइबार आएको पहिरोमा परेर शुभकालिका गाउँपालिका घर भएका ४० वर्षीया प्रयास शाही, उनको ५ वर्षीय छोरा निराजन शाही शाही, ७ वर्षीया छोरी हिमा शाही र दुई महिनाको अर्को छोरा अकल शाहीको मृत्यु भएको छ ।

पहिरोले ५ घर पुरेको र घटनास्थलबाट २ जनालाई जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामबावु ओलियाले रातोपाटीलाई जानकारी दिए ।

घटनास्थलबाट तिलागुफा नगरपालिका–३ बस्ने वर्ष १३ का अर्जुन हमाल र जुम्ला हिमा गाउँपालिका घर भएकी ३५ वर्षीया पुन्या शाहीको जिवितै उद्धार गरिएको छ । उनीहरुलाई उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । शाहीको अवस्था गम्भिर छ ।

पहिरोले मासु पसल र किराना पसल पुरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट र विपद् व्यवस्थापन कार्यालय जुम्लाबाट खटिएका ३२ जना उद्धारकर्मी घट्नास्थलमा उद्धारका लागि खटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप