पिसिआर परीक्षणको मूल्य घटाउने निर्णय,अब बढीमा ४४ सय मात्र लिन पाउने

काठमाडौं । सरकारले पिसिआर विधिबाट गरिने कोरोना परीक्षण शूल्क घटाएको छ । अब पिसिआर परिक्षणवापत अधिकतम ४ हजार ४ सयसम्म लिन पाइने छ । स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले पिसिआर परीक्षणका लागि सामग्रीको उपलब्धता, विश्वबजारमा भएको मूल्य समायोजन आदिलाई आधार मान्दै मूल्य घटाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘पिसिआर परीक्षणको शूल्क घटाउने निर्णय गरेका छौँ । अब शून्य रुपैयाँदेखि अधिकतम ४४ सय रुपैयाँ मात्र लिन पाइने छ त्यो भन्दा माथि शूल्क लिन पाँइदैन ।’
यसअघि पिसिआर परीक्षण शूल्क ५ हनार ५ सय र सेवा शूल्कवापत १० प्रतिशत थप रकम लिन पाउने व्यवस्था गरिएको थियो । मन्त्रालयको सो निर्णयपछि निजी स्वास्थ्य संस्थाहरुले पिसिआर परीक्षण वापत ८ हजार रुपैयाँसम्म लिँदै आएका थिए । हाल पिसिआर विधिबाट ९ वटा सरकारी र ११ वटा निजी अस्पतालहरुले शूल्क लिएर कोरोना परीक्षण गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै, कस्तो होला महाप्रसादको अन्तिम नीतिगत निर्णय ?
-
ट्रम्पले चार भारतीय कम्पनीमाथि लगाए प्रतिबन्ध
-
चरनका लागि राखिएका मौरी
-
७ महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात
-
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना : सात दशकपछि होला त ‘ब्रेक थ्रु’ ?