कोरोनाबाट चितवनमा थप १ जनाको मृत्यु
चितवन । चितवनमा आज कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर –११ का ५२ वर्षीय पुरुषको आज मध्याह्न १२ बजे मृत्यु भएको हो ।
यससँगै चितवनमा मात्रै कोरोनाबाट मृत्यु हुने पाँच जना पुगेका छन् । यसअघि पहिलोपटक चितवनमा भरतपुर–११ कै एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो । आज मृत्यु भएका पुरुष यही भदौ ४ गते निमोनिया र उच्च ज्वरोको कारण अस्पताल भर्ना भएका थिए । उनको श्वासप्रश्वासमा थप जटिलता देखिएपछि कोरोना परीक्षण गरिएको थियो । उनको भदौ ७ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै उनको मृत्यु भएको कलेजका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
यससँंगै चितवनमा समग्ररुपमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । तीमध्ये पाँच चितवनका, तीन मकवानपुरका तथा एकएक बारा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), गोरखा र कैलालीका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
-
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबिच भगिनी सम्बन्ध
-
विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
-
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख