म्युजिक भिडियोमा व्यस्त बन्दै एलिजा

काठमाडौं । अभिनेत्री, मोडल हुन् एलिजा गौतम । फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी गौतम अभिनेत्री र मोडल भन्दा पनि बढी पत्रकार ऋषि धमलाकी पत्नी भनेर चिनिने गर्छिन् । पछिल्लो समय भने गौतम म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छन् । लकडाउन केही खुकुलो भएको समयमा मात्र उनले ४ वटा म्युजिक भिडियो गरेकी छन् ।
जसमा अहिलेका चर्चित मोडल दुर्गेश थापा, पल शाह, पुष्प खड्कासँग उनले जोडी बाँधेकी छन् । फिल्म ‘अनुराग’ अभिनयमा खासै चर्चा पाउन नसकेकी उनले म्युजिक भिडियो अभिनयमा भने राम्रो चर्चा पाइरहेकी छन् । त्यसैले पनि होला म्युजिक भिडियोमा उनको माग बढ्दो छ । उनी अभिनित पहिलो म्युजिक भिडियो ‘आधी कपाल’ यूट्युबमा हिट भएसँगै उनको भिडियोमा माग बढेको हो ।
एलिजा अभिनित पछिल्लो म्युजिक भिडियो ‘म सास बन्न पाए’ केही दिन अगाडि सार्वजनिक भएको थियो । आकाश श्रेष्ठसँग उनले भिडियोमा जोडी बाँधेकी थिइन् । फिल्मभन्दा आफुलाई म्यूजिक भिडियो फापेको एलिजा स्वयम् बताउँछिन् ।
आगामी दिनमा फिल्म तथा म्युजिक भिडियो दुबैमा अभिनय गर्ने सोच रहेकी एलिजा अभिनित पछिल्लो म्युजिक भिडियो ‘आटो पिठो’ सोमबार सार्वजनिक हुँदैछ । जसमा उनले अभिनेता पल शाहसँग रोमान्स गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त