रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न
आइतबार, १४ भदौ २०७७, १३ : ३५

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरेको रु. १०० अंकित दरका ५६,७०,००० कित्ता शेयरकोे बाँडफाँड, निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न भएको छ ।
कम्पनीको प्रारम्भिक शेयर निष्काशनमा ५,८९,४६४ आवेदकहरुबाट २,२९,२६,०१० कित्ता शेयरको लागि आवेदन परेको थियो । सो मध्ये १९५५ आवेदकहरुको ७१,५९० कित्ता शेयरकोे आवेदन रद्द भएका छन् ।
सो पश्चात् ५,८७,५०९ योग्य आवेदकहरुमा गोलाप्रथाको आधारमा बाँडफाँड गर्दा ५,६७,००० आवेदकहरुलाई आजको मितिमा १० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीमा, सो पश्चात् निष्काशित ६३,००,००० कित्ता शेयरमा ५,६७,२४३ शेयरधनी कायम भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो