शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर युवाको मृत्यु, उपचार गर्न नमान्ने डाक्टरलाई घेराउ

आइतबार, १४ भदौ २०७७, १३ : ००
आइतबार, १४ भदौ २०७७

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मोटरले पानी तान्ने क्रममा आज बिहान करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । करेन्ट लागेर बेहोस भएका युवकको उपचार नगर्ने डाक्टरलाई स्थानीयले केहिबेर घेराउ गरेकाछन् ।

मोटरको तार जोड्ने क्रममा फतुवाविजयपुर नपा–८ का १६ वर्षीय रवीन्द्र साहलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका साहलाई उपचारको लागि विजयपुर बजारमा रकेको एक क्लिनिकमा लैजाँदा चिकित्सक भगवत चौधरीले विरामीलाई हेर्न नमानेको स्थानीय श्रीभगवान साहले बताए ।

पछि थप उपचारका लागि चन्द्रनिगाहपुर लिएर जाने क्रममासाहको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजयपुरका सई सुरेन्द्र सिंहले जानकारी दिए । साहको मृत्युपछि आक्रोशित समुहले फतुवा बिजयपुरका नगर स्वास्थ संयोजक समेत रहेका चौधरीलाई आधा घण्टा घेरेका थिए । घटनाबारे छलफल गर्ने सर्तमा चिकित्सक चौधरीलाई उद्वार गरेको सई सिंहले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप