शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तोडियो सय वर्षको रेकर्डः पाकिस्तानको कराँचीमा बाढीको विनास, १८ तस्बिरमा हेर्नुहोस्

आइतबार, १४ भदौ २०७७, १२ : ४४
आइतबार, १४ भदौ २०७७

पाकिस्तानको सिन्ध प्रान्तको कराची शहरमा मुसलधारे वर्षा भइरहेको छ ।

पाकिस्तानका थुप्र्रै इलाकामा पछिल्लो ४–५ दिनदेखि लगातार पानी परिरहेको छ तर सबैभन्दा धेरै त कराँची शहर प्रभावित भएको छ ।

सिभिल प्रशासन तथा सेनाले आवश्यकतामा परेकाहरुललाई मद्दत पुर्याइरहेका छन् तर मौसम विभागले थप दुई दिन भारी वर्षाको आशंका रहेको जानकारी दिएको छ ।

पत्रिका दुनियाँका अनुसार शुक्रबार देशभरी ३९ को मृत्यु भएको छ जबकी पत्रिका नवा–ए–वक्तका अनुसार शुक्रबार देशभरी ४९ को मृत्यु भएको छ ।

 पत्रिका जंगका अनुसार कराँची शहरमा त वर्षाको पछिल्लो १०० वर्षको रेकर्ड टुटेको छ । वर्षाका कारण शहरमा बिजुली पानी र मोबाइल नेटवर्क पूर्ण रुपमा प्रभावित छन् ।

कराँचीका थुप्रै इलाकामा बिहिबारदेखि बिजुली छैन । कराँचीमा अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । सिन्ध प्रान्तको २० जिल्लालाई आपतकालीन क्षेत्र घोषणा गरिएको छ ।

पत्रिका एक्सप्रेसका अनुसार प्रधानमन्त्री इमरान खानले सिन्धका मुख्यमन्त्रीसँग कुरा गर्दै उनलाई सबै प्रकारको मद्दत गर्ने विश्वास दिलाए ।

पत्रिकाका अनुसार इमरान खानले उनको सरकार कराँचीका लागि एक दूरगामी कार्यक्रम बनाइरहेको र केही दिनभित्र कराँचीको भ्रमण गर्ने जानकारी दिएका छन् ।

Photo Credit: Getty Images

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप