भक्तपुरमा होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु

उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए राति मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेका थिए ।
वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएको थियो ।
नेपाली सेनाको टोलीले शव आज व्यवस्थापन गर्ने नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए । यसअघि पाटन अस्पतालमा शनिबार बिहान मध्यपुरथिमि नगरपालिका नगदेशकी ६२ वर्षीया एक सङ्क्रमितको मृत्यु भएको थियो ।
भक्तपुरमा हालसम्म चार महिला र तीन पुरुष गरी सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण