बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाबाट पाटन अस्पतालमा तीन जनाको मृत्यु

आइतबार, १४ भदौ २०७७, ११ : २८
आइतबार, १४ भदौ २०७७

ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका रहेका छन् । 

अस्पतालका निर्देशक डा रवि शाक्यका अनुसार ललितपुरको पाटनका २९ वर्षीय पुरुषको मृत्यु भएको छ भने रुपन्देहीको भैरहवाका ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो । 

 पाटनका युवकको गएराति १० बजे मृत्यु भएको थियो भने जलेश्वरकी महिलाको शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो। यस्तै भैरहवाका पुरुषको पनि शनिबार साँझ ७ बजे मृत्यु भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप