आर्मी मुख्यालय जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् ।
ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे ।
‘पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन्,’ प्रवक्ता पौडेलले भने, ‘घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
‘आफूले बोकेको एसएलआर राइफलबाट उनले गोली चलाएको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।’
आपूर्ति तथा परिवहन गणमा कार्यरत ती सिपाहीको घर तनहुँ जिल्लाको रानीपोखरी हो ।
उनी ९ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप विजेता ब्राजिलियन टोलीका सदस्य डा कोस्टाको निधन
-
भन्सार र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन सदनमा पेस
-
स्याल र बाघको कथा सुनाउँदै ओलीले भने- फटाहा कुरा गर्नेहरू स्थापित फटाहरू नै हुन्
-
प्रचण्डलक्षित एमाले सांसद गिरीको टिप्पणी: आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरियो
-
तितेकरेलामा भेटियो विषादी
-
कसरी भयो प्रहरी र शिक्षकहरूबिच झडप ?