शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा पहिरोले चार घर पुरिए

आइतबार, १४ भदौ २०७७, ०९ : ५६
आइतबार, १४ भदौ २०७७

काठमाडौँ । गएराति सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ धुसेनीमा गएको पहिरोले चार घर पुरिएको छ । पहिरोले स्थानीय खिल बहादुर भण्डारीको २ घर, इबबहादुर भण्डारी र चेतबहादुर भण्डारीको १/१ घर पुरेको स्थानीय भुपेन्द्र भण्डारीले जानकारी दिए ।

पहिरो अन्य ८ घर आशिंक रुपमा क्षति भएको भूपेन्द्र भण्डारीले जानकारी दिए । उनले भने, ‘पहिरोमा मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाय भने पुरिएको छ ।’

पानी शनिबार साँझदेखि परेको थियो । राती करिब ३ बजेको समयमा पहिरो आएको भण्डारीको भनाइ छ । उक्त स्थानमा पहिलादेखि नै धाँजा फाटेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेलले बताइन् ।

उनले भनिन्, ‘पहिलादेखि नै जमिन धाँजा फाटेको हुनाले ९ भदौमा जोखिमयुक्त क्षेत्रका वासिन्दालाई स्थान्तरण गरिसकेका थियौं ।’ आजको पहिरोले जोखिमयुक्त बनाएको ठाउँमा वासिन्दालाई पनि सुरक्षित ठाउँमा स्थान्तरण गर्ने तयारी गरिरहेको पौडेलले बताइन् ।

त्यस्तै पहिरोले पाखा दोबानको चार घरमा समेत क्षति पुर्याएको छ । सुर्य श्रेष्ठ, ढक्कल श्रेष्ठ, मेख बहादुर श्रेष्ठलगायतको घरमा क्षति पुर्याएको हो ।

पहिरोले प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो समेत पुरेको छ । घटनास्थलमा सुरक्षाकर्मीसहितको टोली उद्धारका लागि पुगिसकेको छ । क्षतिको विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप