शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातीको डिनरदेखि सुशान्तले बिहान जुस पिएकोसम्मः प्रत्यक्षदर्शीले सिबिआईलाई बताए पूरा कहानी

आइतबार, १४ भदौ २०७७, ०९ : ४९
आइतबार, १४ भदौ २०७७

मृत्युको केही घण्टा अघि सुशान्त सिंह राजपूतले खाना खान छोडिदिएका थिए, जूसमात्रै पिए र धेरै समय आफ्नो कोठामा नै बिताए । स्रोतका अनुसार यो कुरा प्रत्यक्षदर्शीले सिबिआईलाई आफ्नो सुरुवाती बयानमा बताए ।

१४ जूनमा सुशान्तको पश बान्द्रास्थित घरमा के भयो यसमा सोधपुछका लागि एजेन्सीले सुशान्तसँगै फ्ल्याटमा बस्ने सिद्धार्थ पिठानी र नायकका घरेलु सहयोगी निरज, केशव र दिपेश सावन्तसँग सोधपुछ गरेको छ । क्रियटिभ डिजाइनर सिद्धार्थ सुशान्तको साथीको नाताले फ्ल्याटमा नै बसिरहेका थिए । यी चारैजनालाई घटनाका मुख्य साक्षीको रुपमा हेरिएको छ । नायकका घरेलु सहयोगी निरजसँग आठ दिन, सिद्धार्थसँग सात दिन, हाउसकिपर दिपेशसँग पाँच दिन र कुक केशवसँग चार दिनदेखि सोधपुछ गरिरहेको छ ।

यदि सुशान्तको हत्या भएको हो भने यी चारजनालाई यसको जानकारी हुने र यदि यसलाई आत्महत्या देखाउने कोसिस भएको हो भने यीमध्ये कम्तीमा एक व्यक्ति त षड्यन्त्रमा समावेश हुनसक्ने वा यदि यो आत्महत्या हो भने उनीहरु यसको कारणबाट अवगत हुनसक्ने अनुमान गरिरहेको छ । यी चारैजना १३–१४ जूनमा त्यहाँ उपस्थित थिए जब सुशान्तलाई मृत पाइएको थियो ।

चिसो पानी मागेः

१४ जून बिहान निरज सुशान्तको कुकुरलाई घुमाउनका लागि गए र ८ बजे फर्किए । नायकले आफ्नो कोठाबाट चिसो पानी मागे । निरजले सुशान्तलाई चिसो पानी दिए । पानी दिँदा सुशान्तले निरजलाई मुस्कानसहित सोधे, ‘सबै कुरा ठिक छ नि ?’ साथै उनले हल सफा भयो भनेर पनि सोधे । निरजले ‘भयो’ भनेर जवाफ दिए । त्यसपछि सुशान्त फेरि कोठामा गए । निरजका अनुसार सुशान्तको स्वभाव राम्रो थियो र तनावमा हुँदा पनि आफ्नो रिस देखाउँदैनथे ।

स्रोतका अनुसार दिपेशले अनुसन्धानाकर्तालाई भने, ‘१३ जून राती सुशान्तले रातीको खाना खान मानेनन् र एउटा म्याङ्गो सेक बनाइदिन भने । दिपेश राती करिब साढे १० बजे सुत्न गए र १४ जून बिहान करिब साढे पाँच बजे उठे । लगभग साढे ६ बजे उनी सुशान्तको कोठामा गए र ढोका ढक्ढकाए जुन खुल्ला थियो ।’

दिपेश कोठामा जाँदा सुशान्त पहिले नै उठेर बेडमा बसिरहेका थिए । दिपेशले ‘गुड मर्निङ सर’ भने । सुशान्तले जवाफ फर्काए । दिपेशले सुशान्तलाई ‘चया वा ब्रेकफास्ट खानुहुन्छ ?’ भनेर सोध्दा उनले ‘अहिले पर्दैन’ भने । दिपेशले सिबिआईलाई दिएको जानकारीमा सुशान्तको व्यवहार असामान्य नदेखिएको बताए । सुशान्त आफ्नो कोठमा एक्लै थिए, पङ्खा चलिरहेको थियो र झ्यालका पर्दा खुल्ला थिए । सुशान्तका सहयोगीमध्ये दिपेश सबैभन्दा चाँडो उठ्छन् । निरज र केशव दुबै बिहान ७ बजे आसपास उठ्छन् ।


लञ्चका लागि सोधियोः

निरजले दिएको जानकारी अनुसार बिहान साढे ९ बजे केशव जुस, नरिवलको पानी र केरा लिएर सुशान्तको कोठामा गए । बिहान साढे १० बजे केशव भर्याङ माथि भएको सुशान्तको कोठामा गए । केशवले नायकलाई केही कुरा चाहिएको छ भनेर सोधे, साथै लञ्चमा के बनाउने भनेर पनि सोधे । तर सुशान्तले केही जवाफ दिएनन् । कोठाभित्रबाट बन्द थियो ।

एजेन्सीको स्रोत अनुसार केशवले सिबिआईलाई दिएको बयान पनि निरजसँग मिल्छ । केशवले सिबिआईलाई भने, ‘मैले बिहान ९–सवा ८ बजे सुशान्त सरलाई अनारको जुस र नरिवलको पानी दिएँ । करिब १०–साढे १० बजे लञ्चमा के बनाऔं भनेर सोध्न सरको कोठामा गएँ । उहाँको ढोका भित्रबाट बन्द थियो जुन असामान्य थियो । पछि मैले सिद्धार्थ सरलाई सुशान्त सरले ढोका नखोलेको बारे जानकारी दिएँ । सिद्धार्थ सरले ढोका ढक्ढकाउनुभयो । सुशान्त सर रिया म्याडमसँग हुँदा मात्रै भित्रबाट ढोका लगाउनुहुन्थ्यो । लगभग १५ मिनेटपछि सिद्धार्थ सरले पुनः ढोका ढक्ढकाउनुभयो तर कुनै जवाफ आएन ।’

स्रोतका अनुसार निरजले पनि सिबिआईलाई सुशान्त कोठामा एक्लै बस्नु र भित्रबाट ढोका बन्द गर्नु असामान्य कुरा थियो । उनका अनुसार सुशान्त प्रेमिका रिया चक्रवर्तीसँग हुँदा मात्रै ढोका भित्रबाट लक गर्ने गर्दथे । केशव, दिपेश र सिद्धार्थ पुनः सिँढी माथि गए र सुशान्तको ढोका ढक्ढकाउन थाले । धेरैबेरसम्म ढोका ढक्ढकाउँदा पनि भित्रबाट कुनै प्रतिक्रिया नआएपछि दिपेश पुनः तल गए र निरजलाई यसबारे जानकारी दिए । निरज पनि माथि आए । सिद्धार्थले सुशान्तलाई फोन पनि गरे तर जवाफ आएन ।

साँचो बनाउनेलाई बोलाइयोः

निरजले सिबिआईलाई दिएको जानकारी अनुसार त्यसपछि कोठाको अर्को साँचो खोज्न सुरु गरियो । तर भेटिएन । सुशान्तकी बहिनी मितू केहि दिनदेखि नायकसँगै बसिरहेकी थिइन् तर उनी त्यतिबेला घरबाट बाहिर थिइन् । मितूलाई सुशान्तको कोठाको ढोका नखोलिएको बारे जानकारी दिँदा उनले कसैगरी ढोका खोल्न भनिन् । उनले आफू सकेसम्म चाँडो त्यहाँ पुग्ने पनि बताइन् । स्रोतका अनुसार सिद्धार्थले त्यसपछि साँचो बनाउनेलाई बोलाए ।

दिउँसो करिब साढे १ बजे साँचो बनाउने व्यक्ति आए । उनले ढोका खोल्नका लागि नयाँ साँचो बनाउने कोसिस गरे तर यसमा धेरै बेर लागिरहेको थियो त्यसपछि सिद्धार्थले उनलाई साँचो फुटाइदिन भने । यसो गर्न १० मिनेट लाग्यो । सिद्धार्थले सिबिआईलाई भने, ‘मैले दुई पटक ढोका ढक्ढकाएपछि सुशान्तलाई फोन पनि गरे तर जवाफ आएन । त्यसपछि मैले मितू सिंहलाई फोन गरेर यसबारे बताएँ । म ढोका ढक्ढकाइरहेँ र तीनजना कर्मचारी मेरो वरिपरि थिए । हामी सबैले सुशान्तको कोठाको अर्को साँचो खोज्यौं तर कसैले भेट्न सकेनौं ।’

स्रोतका अनुसार सिद्धार्थलबे एजेन्सीलाई भने, ‘मैले स्यामुअल मिरान्डा (सुशान्तका म्यानेजर) सँग पनि फोनमा कुरा गर्दै उनीसँग साँचो छ त भनेर सोधेँ तर स्यामुअलले छैन भने । मैले मितूलाई पुनः फोन गरेँ र साँचो बनाउने व्यक्तिलाई बोलाऔं त भनेर सोधेँ । मैले साँचो बनाउने व्यक्तिको नम्बर थाहा पाउनका लागि बिल्डिङको सेक्युरिटी गार्ड राजूसँग कुरा गरेँ । मैले गुगल गरेँ र एउटा नम्बर पाएँ । मैले उनलाई फोन गरेँ, उनले दुई हजार मागे । उनले ताल्चा फुटाइदिए । मैले पैसा तिरिदिएँ र उनी त्यहाँबाट गए । मैले उनलाई त्यो नायक सुशान्तको घर हो भनेर बताएको थिइनँ ।’

सुशान्तको कोठामा सबैभन्दा पहिला जाने व्यक्ति सिद्धार्थ थिए । निरजका अनुसार उनी केही बेरपछि भित्र गए र सुशान्त हरियो रङको कुर्ता घाँटीमा बेह्रेर पङ्खामा झुण्डिएको अवस्थामा पाएँ ।’

यो देखेर निरज निकै आत्तिएको र कोठाबाट बाहिर आएको उनले सिबिआईलाई बताए ।

मितूलाई घटनाबारे जानकारी दिइयोः

सिद्धार्थले मितूलाई फोन गरे र उनलाई घटनाबारे जानकारी दिए । त्यसपछि उनले निरजलाई कपडा काट्नका लागि चक्कू ल्याउन भने । निरजले त्यस्तै गरे र सिद्धार्थले कुर्ता काटे । सुशान्तको शव तल ल्याइयो । मितू त्यतिबेला कोठामा आइन् र आत्तिएर चिच्याइन् । सिद्धार्थले सुशान्तको छातीलाई पम्प गर्ने कोसिस गरे तर कुनै असर देखिएन । सिद्धार्थले यसबारे प्रहरीलाई जानकारी दिए, त्यसको केही बेरमा नै प्रहरी पुगे ।

स्रोतका अनुसार सिद्धार्थले अनुसन्धानकर्तालाई भने, ‘म र दिपेश कोठामा प्रवेश गर्यौं । बत्ती निभेको थियो र पर्दा लगाइएका थिए । मैले बत्ती बाल्दा सुशान्तलाई पङ्खामा झुण्डिएको अवस्थामा देखे । त्यसपछि मैले मितूलाई फोन गरेर यसबारे जानकारी दिएँ । निरज र केशव त्यतिबेला कोठा बाहिर थिए ।

स्रोतका अनुसार सिद्धार्थले भने, ‘मैले एम्बुलेन्सका लागि १०८ लाई फोन गरेँ र डाक्टरलाई दिन भने । मैले डाक्टरलाई बिरामीको नाम सुशान्त सिंह राजपूत बताएँ । त्यसपछि मैले मितूलाई फोन गरेँ र उनले आफ्ना श्रीमानसँग कुरा गराइन् जसले मलाई सुशान्तको नशा चलेको छ–छैन हेर्न सुझाए । त्यसपछि मैले चक्कू मागेँ सुशान्त झुण्डिएको  कपडा काटेँ । मितू त्यति नै बेला कोठामा प्रवेश गरिन् र भनिन्, ‘गुलशन, यो तिमीले के गर्यौ, बाबू ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप