अनुष्का शर्माको ‘प्रेग्नेन्सी पोस्ट’ मा करन जोहरको कमेन्ट देखेर भड्किए प्रयोगकर्ता
सुशान्त सिंह राजपूतको निधनपछि सोसल मिडियामा नेपोटिजमको बहसले विकराल रुप लियो । सोेसल मिडियामा मानिसहरु करन जोहर, आदित्प चोपडा र अन्य ठूला निर्माता–निर्देशकमाथि निशाना साँधिरहेका छन् । यसैबीच अनुष्का शर्माको प्रेग्नेन्सी पोस्टमा करन जोहरको कमेन्ट देखेर प्रयोगकर्ताले उनलाई मज्जाले ट्रोल गरिरहेका छन् ।
हालै अनुष्का शर्मा र विराट कोहलीले आफूहरु सन् २०२१ मा आमा–बुवा बन्न लागेको घोषणा गरेका थिए । अनुष्का शर्मा र विराट कोहलीका प्रशंसकदेखि बलिउड स्टारले उनीहरुलाई बधाई दिइरहेका छन् । अनुष्काको प्रेग्नेन्सी पोस्टमाथि बधाई दिँदै करन जोहरले लेखे, ‘माया, माया र धेरै माया ।’ करनको यो कमेन्टमा थुप्रैले चासो व्यक्त गरे ।


एक प्रयोगकर्ताले करनलाई जवाफमा लेखे, ‘नेपोटिजम निर्देशकलाई बच्चाको प्रतिक्षा छ । ’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘तपाईं महान हुनुहुन्छ करन जोहर’ । साथै अर्का एक व्यक्तिले लेखे, ‘के यो बच्चालाई पनि लञ्च गर्ने तयारी छ ? स्टुडेन्ट अफ द इयर ४२० ।’ अर्काले लेखे, ‘नेपोटिजमको बाउ आए ।’
यतिबेला सोनाक्षी सिन्हा, आलिया भट्टजस्ता थुप्रै कलाकारले ट्रोलिङबाट बच्नका लागि कमेन्ट सेक्सन बन्द गरेका छन् । कामको कुरा गर्नु पर्दा करनको आउँदो फिल्म ‘तख्त’ हो । हालै उनको नयाँ प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण