एकै दिन चितवनका १०२ मा सङ्क्रमण, दुईको मृत्यु
![एकै दिन चितवनका १०२ मा सङ्क्रमण, दुईको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/corona_ratopati_cRlJMaid7Z.jpg)
एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् ।
धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएकका छन् । त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उनले जनाकारी दिए ।
जिल्लाबाट नमूना सङ्कलन गरिएका १२० जनामा सङ्क्रमण देखिएको छ । अठार जना भने जिल्ला बाहिरका रहेको उहाँले बताउनुभयो । जिल्लामा सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् ।
शनिबारै यहाँको चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ । तीमध्ये चार चितवनका हुन् भने अन्य उपचारका लागि यहाँ आएका हुन् ।
जिल्लाको सरकारी अस्पताल भरतपुर, दुई मेडिकल कलेज, निजी अस्पताल, संस्थागत आइसोलेसन र घरमा सङ्क्रमित रहेका छन् । एकै दिन यतिधेरै सङ्क्रमण देखिएको यो पहिलो हो । दैनिक सङ्क्रमण बढ्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पाइप फुट्दा बबरमहलमा बिजोग, अध्यादेशमा विकल्पको खोजीमा सरकार
-
संवैधानिक परिषदमा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा
-
पशुपति बालुवाखानी भ्रष्टाचारः एमाले नेता कुइँकेललाई ६ वर्ष जेल सजाय
-
अर्थमन्त्रीले गरे सहसचिवको कार्य विभाजन, भन्सारमा भट्टराई, राजश्वमा दाहाल
-
अर्थमन्त्रीले गरे सहसचिवको कार्य विभाजन, भन्सारमा भट्टराई, राजश्वमा दाहाल
-
जनयुद्ध दिवसमा नुवाकोटका चार स्थानीय तहले दिए सार्वजनिक बिदा