दैनिक ७६ हजार बढी संक्रमित भेटिन थाले, के भारतले ब्राजिललाई उछिन्ला ?

शनिबार भारतमा कोरोनाका ७६ हनार ४ सय ७२ नयाँ संक्रमित थपिएका छन् । बिहिबार र शनिबार भेटिएका संक्रमितको तुलनामा यो थोरै कम हो । बिहिबार ७६ हजार ८ सय २६ संक्रमित भेटिएका थिए भने शुक्रबार ७६ हजार ६ सय ६५ संक्रमित फेला परेका थिए ।
तर लगातार यति ठूलो संख्यामा संक्रमित भेटिन थालेपछि संक्रमितको संख्यामा भारतले केही समयभित्र ब्राजिललाई उछिन्ने अनुमान गरिएको छ ।
ब्राजिलमा दैनिक रुपमा तीसदेखि ४० हजार संक्रमित भेटिने गरेका छन् ।
अमेरिकापछि ब्राजिल हाल कोरोनाभाइरसले सबैभन्दा प्रभाव पारेको देशको सूचीको दोस्रो स्थानमा छ । यहाँ कूल संक्रमितको संख्या ३८ लाख ४६ हजार रहेका छन् ।
यस्तै भारतमा कूल संक्रमितको संख्या ३४ लाख ६३ हजार रहेको छ ।
जानकारका अनुसार भारत सरकारले कोरोना परीक्षणको संख्या बढाएका कारण संक्रमितको संख्या धेरै देखिएको हो ।
कोरोनाद्वारा सर्वाधिक प्रभावित पाँच देशः
१. अमेरिका– ५९,५८,९०२ संक्रमितः १,८२,७१८ मृत्यु
२. ब्राजिल– ३८,४६,१५३ संक्रमितः १,२०,२६२ मृत्यु
३. भारत – ३४,६३,९७२ संक्रमितः ६२,५५० मृत्यु
४. रुस– ९,८२,५७३ संक्रमितः १६,९७७ मृत्यु
५. ६,२९,९६१ संक्रमितः २८,४७१ मृत्यु
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ
-
शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने
-
बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु
-
घुस दिँदादिँदै पक्राउ परेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटा दोषी ठहर
-
कार्यान्वयन योग्य बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव
-
१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल