बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३ लाख ८ हजारभन्दा बढी

एजेन्सी । बङ्गलादेशमा शनिबार कोभिड–१९ बाट सङ्क्रमित नयाँ विरामीको सङ्ख्या दुई हजार १३१ पुगेको छ भने थप ३२ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या ३ लाख ८ हजार ९२५ पुगेको छ भने कोरोनाभाइरसको महामारीका कारण ४ हजार २०६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मुलुकभर ११ हजार ६८९ नमूनाको कोरोना परीक्षण भएको बताइएको छ । त्यस्तै शनिबारसम्म एक लाख ९८ हजार ८६३ सङ्क्रमित उपचारपछि निको भइ घर फर्किएका पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार २७ रहेको महानिर्देशनालयले जनाएको छ ।
सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा कूल सङ्क्रमितको १.३६ प्रतिशत मृत्यु भएको छ भने ६४.३४ प्रतिशत व्यक्ति निको भएका छन् । बङ्गलादेशमा गत जुलाईमा २ मा एकै दिनमा सबैभन्दा धेरै चार हजार १९ सङ्क्रमित भएका थिए भने जुन ३० मा २४ घण्टाको अन्तरालमा सबैभन्दा धेरै ६४ व्यक्तिको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकको तलब दिने
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
सांसद विकास कोष ब्युँत्याउन फेरि लागिपरे सांसद, सरकारलाई दिन थाले दबाब