बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३ लाख ८ हजारभन्दा बढी

शनिबार, १३ भदौ २०७७, २३ : ४३
शनिबार, १३ भदौ २०७७

एजेन्सी । बङ्गलादेशमा शनिबार कोभिड–१९ बाट सङ्क्रमित नयाँ विरामीको सङ्ख्या दुई हजार १३१ पुगेको छ भने थप ३२ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या ३ लाख ८ हजार ९२५  पुगेको छ भने कोरोनाभाइरसको महामारीका कारण ४ हजार २०६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा मुलुकभर ११ हजार ६८९ नमूनाको कोरोना परीक्षण भएको बताइएको छ ।  त्यस्तै शनिबारसम्म एक लाख ९८ हजार ८६३ सङ्क्रमित उपचारपछि निको भइ घर फर्किएका पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार २७ रहेको महानिर्देशनालयले जनाएको छ ।

सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा कूल सङ्क्रमितको १.३६ प्रतिशत मृत्यु भएको छ भने ६४.३४ प्रतिशत व्यक्ति निको भएका छन् । बङ्गलादेशमा गत जुलाईमा २ मा एकै दिनमा सबैभन्दा धेरै चार हजार १९ सङ्क्रमित भएका थिए भने जुन ३० मा २४ घण्टाको अन्तरालमा सबैभन्दा धेरै ६४ व्यक्तिको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप