बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आँखामा हुने जलन र एलर्जीबाट बच्न ५ घरेलु उपचार

शनिबार, १३ भदौ २०७७, १२ : ३८
शनिबार, १३ भदौ २०७७

एजेन्सी – सामान्यताः आँखामा जलन, एलर्जी र आँखामा कुनै चीज पर्न गएमा हामी सिधा हातले आँखालाई माड्ने काम गर्छौ । यस्तो बानीले आँखामा समस्या पैदा हुन सक्छ । बारम्बार आँखा रगड्दा आँखामा झन् समस्या बढ्न सक्छ । आँखामा हुने जलन, सुख्खापन र आँखाभित्र छिरेका फोहोरमैलाका कारण हामी निकै असहज  महसुस गर्छौं । जसका कारण हातले आँखा  रगड्न थाल्छौं । 

यस्ता समस्या कहिले काँही केही घण्टासम्म रहन्छ भने कहिले काँही केही दिनसम्म । यदि यस्तो समस्या बढ्न थाल्यो भने चिकित्सकको सल्लाहमा आँखाको उपचार गर्नुपर्छ । 

तर, यस्ता समस्याहरु हुन नदिन केही घरेलु उपायहरु पनि छन् । 

चिसो पानी
यदि आँखामा कुनै समस्या पैदा भयो भने चिसो पानीले पखाल्दा तुरुन्तै आराम मिल्छ । आँखा बन्द गर्ने र एउटा सफा कपडाको टुक्रा चिसो पानीमा डुबाएर उक्त कपडा आँखामा राख्ने । यसका साथै पानीका छिट्टा आँखा छर्किँदा पनि आँखामा हुने यस्ता समस्या कम हुन्छ । 

घ्युकुमारीको जुस
आँखामा कुनै पनि प्रकारको समस्या पैदा भएमा घ्युकुमारीको जुस प्रयोग गर्न सकिन्छ । यसका लागि ठूलो चिया चम्चा घ्युकुमारीको जुस लिने र बर्फका टुक्रा मिसाएर पिस्ने र त्यसलाई कपासको सहाराले आँखामा लगाउने । यो प्रक्रिया दिनको दुई पटक लगाउने गर्दा आँखामा आउने समस्या कम हुन्छ । 

गुलाब जल
आँखामा हुने जलन र सुख्खापन कम गर्नको लागि सबैभन्दा सजिलो उपाय गुलाब जलको प्रयोग हो । कटनको सहाराले गुलाब जल हरेक दिन लगाउँदा आँखामा हुने जलन कम हुन्छ । यसका साथै, चिकित्सकको सल्लाहमा गुलाब जलको दुई थोपा आँखामा पनि हाल्न सकिन्छ । 

धनियाँको दाना
धनियाँको दानामा एन्टी–इन्फ्लामेटरी गुण पाइन्छ  । यसले आँखामा हुने चिलाउने समस्या कम हुन्छ । यदि आँखामा एलर्जी भएमा धनियाँ भिजाएर यसको पानी आँखामा लगाउन सकिन्छ । धनियाँमा हुने मोस्चराइजिङ गुणले आँखाको सुख्खापन पनि कम गर्छ । त्यसको लागि एक चिया चम्चा धनियाँको दाना पानीमा उमाल्नुस् त्यसपछि चिसो हुन दिनुस् । उक्त पानीले आँखा सफा गर्नुस् । उक्त धनियाँको दाना उमालेर पखालेको पानी आँखामा हाल्न पनि सकिन्छ । 

सौँपका दाना
यदि आँखामा सुख्खापनको समस्या भयो भने यसका लागि सौँपका दाना प्रयोग गर्न सकिन्छ । सौँपमा एन्टीइन्फ्लेमेटरी गुण हुन्छ । आँखामा आउने समस्या ठिन गर्नको लागि एक ठूलो चम्चा सौँप पानीमा हालेर उमाल्ने त्यसपछि चिसो हुन दिने । र उक्त पानी कटनको सहाराले आँखामा लगाउने र १५ मिनेटसम्म राख्ने त्यसपछि पखाल्ने गर्दा आराम मिल्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप