शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबारको मौसम पूर्वानुमान

शनिबार, १३ भदौ २०७७, ०७ : २६
शनिबार, १३ भदौ २०७७

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । 

साथै भारतको  मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने जनाएको छ । 
 
महाशाखाले हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जानकारी दिएको छ । 
 
शनिबार जारी पूर्वानुमानमा दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १  को  एक वा दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ । 

यसैगरी, शनिबार राति देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, सुदुर पश्चिम प्रदेशका  एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप