शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङका आन्दोलनकारीलाई पुरस्कृत गर्ने संकेत ! कस्तो होला चीन र नर्वेबीचको सम्बन्ध ?

शुक्रबार, १२ भदौ २०७७, २३ : ४७
शुक्रबार, १२ भदौ २०७७

एजेन्सी । चीनले नर्बेलाई हङकङमा आन्दोन भड्काउनेहरुलाई नोबेल शान्ति पुरस्कार नदिन आग्रह गरेको छ । नर्वेको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ वीले हङकङकमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुलाई नोबल शान्ति पुरस्कार दिइएमा दुई देशबीचको सम्बन्धमा संकट आउन सक्ने संकेत दिएका छन् ।

बिगतमा जस्तै यो पटक पनि हङकङमा आन्दोलन गरिरहेको लोकतान्त्रिक पक्षधर नेतृत्वबाट नोबेल शान्ति पुरस्कारका लागि छनोट गर्न सक्ने समाचारहरु बाहिर आइरहेका छन् । विगतमा चिनियाँ मानवअधिकारकर्मी लियु शियोबो र तिब्बतका धार्मिक नेता दलाई लामालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनीहरुलाई पुरस्कार दिएपछि चीन र नर्बेबीच विवाद उत्पन्न भएको थियो । 

नर्वेका समकक्षीसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री वाङले नोबेल पुरस्कारको सम्बन्धमा पनि बोलेका थिए । पत्रकार सम्मेलनमा नोबेल शान्ति पुरस्कारका सम्बन्धमा सोधिएको प्रश्नमा उनले भने– ‘नोबेल शान्ति पुरस्कारमार्फत हाम्रो आन्तारिक मामिलामा हस्तक्षेप गर्ने कामलाई चीन पूर्णरुपमा अस्वीकार गर्दछ । चीनले राजनीतिक प्रेरित नोबेल शान्ति पुरस्कार विरोध गर्दछ ।’

विदेशमन्त्री वाङले नर्वेसँगको सम्बन्धका सवालमा भने– यदि हामीले एक अर्कालाई सम्मान गर्ने र समान व्यवहार गर्यौं भने द्धिपक्षीय सम्बन्ध निश्चित रुपमा विकास हुन्छ ।’  विदेशमन्त्री वाङ अहिले युरोपियन युनियनका सदस्य मुलुकहरुको भ्रमणमा रहेका छन् । नर्वेमा भने चिनियाँ विदेशमन्त्रीको यो १५ वर्ष पछिको पहिलो भ्रमण हो ।  वाङले नर्वेका विदेशमन्त्री आइन एरिक्सिन सोरिडसँग संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थार्य सदस्यताको विषयलाई लिएर वार्ता गरेका थिए । चीन सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्र हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप