वडा सदस्य र ठेकेदार मिलेर सापकोटाको अपहरण, तीनजना पक्राउ
कास्की । कास्कीमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको । पोखरा महानगरपालिका–२३ का २९ वर्षीय महादेव सापकोटालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
काठमाडौँ कीर्तिपुरका ४२ वर्षीय वसन्त लामा, पोखरा महानगरपालिका–२३ का ४५ वर्षीय भरतराज भण्डारी र पोखरा महानगरपालिका–२३ कै ४५ वर्षीय टिकाराम भण्डारी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार पक्राउ पर्ने भरतराज भण्डारी पोखरा महानगरपालिकाका वडा सदस्य हुन् । यस्तै लामा ठेकेदार हुन् भने टिकाराम भण्डारी सुपरभाइज हुन् ।
भदौ ८ गते सापकोटालाई उनीहरुले पोखरा महानगरपालिका–२३ खहरेखोला स्थित निर्माणधिन पुलबाट नियन्त्रणमा लिई मोबाइल खोसेर कुटपिट गर्दै बा १४ च ८२७९ नम्बरको कारमा राखेर भाडामा बस्दै आएका लामाको फ्ल्याटमा लगेर थुनेका थिए ।
सापकोटालाई अपहरण गरी बन्धक बनाएको सूचना प्रहरीसमक्ष ११ गते अर्थात तीन दिनपछि पुग्यो । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोली सापकोटाको उद्दारको लागि परिचालन भयो ।
सूचना पाएको एक घण्टाभित्र सापकोटाको उद्दार गरिएको एसपी श्रेष्ठले बताए । घटनामा प्रयोग भएको सेतो रंगको क्रेटा गाडीसहित तीन जनालाई पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।
एसपी श्रेष्ठले भने, ‘एउटा कोठामा सापकोटालाई थुनेर अर्को कोठामा बसिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । यद्यपी सापकोटालाई अपहरण गरी बन्धक राख्नुको कारण खुल्न सकेको छैन् ।’
उनीहरुमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर र संगठित अपराध मुद्दामा कास्की जिल्ला अदालतबाट पहिलो पटक दिन ७ दिन थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण