शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर ७१ जना पत्रकारलाई कोरोना संक्रमण

शुक्रबार, १२ भदौ २०७७, १७ : ३५
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं । देशका विभिन्न भूभागमा कार्यरत ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालकाअनुसार  देशका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका हुन् । 

प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् । जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना छन् ।  यस्तै, प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन्, जसमा पर्सामा १३, बारामा ४, धनुषामा २, सप्तरीमा ३, सर्लाहीमा ३, महोत्तरीमा १ र रौतहटमा १ जना संक्रमित भएको सचिव दाहालले रातोपाटीलाई जानकारी दिए । 

यता बागमती प्रदेशमा भने ११ जना पत्रकार संक्रमित भएका छन् ।  जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएका हुन् ।  त्यस्तै गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । उनीहरु कास्कीका १ जना र नवलपुरका ७ जना हुन् । 

प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति भएका छन् । कर्णाली प्रदेशको दैलेखमा १ जना पत्रकार संक्रमित भएका छन् ।  संक्रमितमध्ये केही पत्रकार निको भएर घर फर्किएको र केही उपचारको क्रममा रहेको पत्रकार महासंघले जनाएको छ । 

विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको भन्दै महासंघले विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनीहरुको निःशूल्क पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप