कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा स्थानीयवासीको अवरोध
शुक्रबार, १२ भदौ २०७७, १७ : ०५

सिरहा । सिरहाको सुखिपुरमा कोरोना भाइरसबाट ज्यान गुमाएका एक पुरुषको शव नेपाली सेनाले व्यावस्थापन गर्न खोज्दा स्थानीयवासीले अवरोध गरेका छन् । सुखिपुर नगरपालिका ८ का अन्दाजी ६५ वर्षीय पुरुषको बिहीवार राती धरानमा उपचारको क्रममा मृत्यू भएको थियो । मृतकको शव आज बिहान १० बजे सुखिपुर ल्याइयो । तर नेपाली सेनाले गागन नदीमा शवको व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरे ।
मृतकका आफन्त प्रदिप यादवकाअनुसार शव व्यवस्थापनका लागि सेनासँगै एसपी, मेयर र वडाध्यक्ष समेत पुगेका थिए । सार्वजनिक ठाउँमा शव व्यवस्थापन गर्नका लागि खाल्डो खन्न लाग्दा स्थानीयवासीले विरोध गरेका हुन् । बिहान करिब १० बजेदेखिनै शब बोकेर पुगेको एम्बुलेन्स गागन नदी छेउमा स्थानीयवासीले रोकेर राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?