शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प आँधी प्रभावित क्षेत्रमा जाने

शुक्रबार, १२ भदौ २०७७, १५ : २१
शुक्रबार, १२ भदौ २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जाने बताइएको छ । उनले ती प्रभावित क्षेत्रको यसै हप्ताको अन्त्यसम्ममा भ्रमण गर्ने समाचारमा जनाइएको हो ।

उनले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका  लागि आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्न लागेको सम्बोधनको कार्यक्रम पछि सार्न खोजेको बताएका थिए । उनले आँधी निकै ठूलो भएकोले तत्काल जान नसकिएको भन्दै अब भने कमजोर भएकोले अब छिट्टै गइहाल्ने बताए ।

अमेरिकाका लुजियाना र टेक्सासमा करिब २४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीले निकै क्षति पुर्याएको समाचारमा जनाइएको छ ।यो आँधीले पाँच लाख घरपरिवारमा बिजुलीको आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा पनि आगलागी भएको जनाइएको छ ।

समाचारका अनुसार अहिले सो आँधी कमजोर बनेको बताइएको छ । अमेरिकामा आएको यो शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा बढी क्षति पुगेको बताइएको छ । ‘लोरा’ नामक आँधीले पु¥याएको क्षतिको आँकलन गर्ने काम भइरहेको बताइएको छ । लुइजियानास्थित एक रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई त्यहाँ सतर्क रहन भनिएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप