रियालाई सुशान्तकी दिदीको कडा जवाफः भनिन्, ‘यत्रो हिम्मत...’
नायिका रिया चक्रवर्तीको एक टिभी अन्तरवार्तापछि दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी दिदी श्वेता सिंह कीर्तिले उनीमाथि निशाना साँधेकी छिन् ।
श्वेताले आफ्नो ट्वीटर अकाउन्टमार्फत् रियामाथि विभिन्न आरोप पनि लगाएकी छिन् । उनले भनेकी छिन्, ‘ मिडियामा आएर मेरो भाइको मृत्युपछि उसको पवित्र छविलाई खराब गर्न सक्ने यत्रो हिम्मत ? तिमीलाई के लाग्छ ? जे गरिरहेको छौ त्यो भगवानले देख्नुभएको छैन ? ’
You have guts to come on National Media and tarnish the image of my pure brother after his death!! You think God is not watching for what you have done! I believe in God and I have faith, now I really want to see what he will do to you. #Godiswithus #JusticeForSushantSinghRajput
— shweta singh kirti (@shwetasinghkirt) August 27, 2020
उनले रियाको गिरफ्तारीको पनि माग गर्दै लेखिन्, ‘काश मेरो भाइले यो केटीलाई कहिले नभेटेको भए । उसको मर्जी बिना ड्रग्स दिनु र बिरामी छौ भनेर उसलाई विश्वास दिलाउनु र मनोचिकित्सक भएठाउँ लिएर जानु । यो कुन हदसम्मको छल हो ? ’
I wish Bhai would have never met that girl at all!! Drugging someone without his consent and then convincing him that you are not well, taking him to the psychiatrists... what level of manipulation is this!! How will you ever redeem your soul!!! You are so done!! #ArrestRheaNow
— shweta singh kirti (@shwetasinghkirt) August 27, 2020
सुशान्तकी दिदीले थपेकी छिन्, ‘मलाई भगवानमाथि विश्वास छ । उहाँले सबै हेरिरहनुभएको छ ।’
उनले थपिन्, ‘१२० मिनेटको अन्तरवार्ता दिएर उनी सबै प्रश्नबाट मुक्त भइन् भनेर सोचिरहेकी छिन् भने उनी पूर्ण रुपमा गलत छिन् । जुन व्यक्तिलाई तपाईं प्रेम गर्नुहुन्छ, उसको मृत्यु भएपछि उसको छविलाई कसरी धुमिल्याउन सक्नुहुन्छ ? तर रियाले यस्तो गरिन् । रियाले भनेकी छिन् सुशान्तलाई उचाईदेखि डर लाग्थ्यो तर रियाको झुटो धेरै बेरसम्म टिक्न सकेन । सुशान्तलाई त जहाज उडाउन र हावामा स्टन्ट गर्न निकै मज्जा लाग्थ्यो ।’
As Rhea mentioned in her interview,We didn’t love our brother!! Yeah right, that’s why I flew all the way from USA to India in Jan as soon as I got to know Bhai is visiting Chandigarh and is not keeping well. I had to stall my business and leave my kids behind! #Godiswithus pic.twitter.com/LACoJ0iK25
— shweta singh kirti (@shwetasinghkirt) August 27, 2020