रियालाई सुशान्तकी दिदीको कडा जवाफः भनिन्, ‘यत्रो हिम्मत...’

person explore access_timeभदौ १२, २०७७ chat_bubble_outline0

नायिका रिया चक्रवर्तीको एक टिभी अन्तरवार्तापछि दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी दिदी श्वेता सिंह कीर्तिले उनीमाथि निशाना साँधेकी छिन् ।


श्वेताले आफ्नो ट्वीटर अकाउन्टमार्फत् रियामाथि विभिन्न आरोप पनि लगाएकी छिन् । उनले भनेकी छिन्, ‘ मिडियामा आएर मेरो भाइको मृत्युपछि उसको पवित्र छविलाई खराब गर्न सक्ने  यत्रो हिम्मत ? तिमीलाई के लाग्छ ? जे गरिरहेको छौ त्यो भगवानले देख्नुभएको छैन ? ’



उनले रियाको गिरफ्तारीको पनि माग गर्दै लेखिन्, ‘काश मेरो भाइले यो केटीलाई कहिले नभेटेको भए । उसको मर्जी बिना ड्रग्स दिनु र बिरामी छौ भनेर उसलाई विश्वास दिलाउनु र मनोचिकित्सक भएठाउँ लिएर जानु । यो कुन हदसम्मको छल हो ? ’

सुशान्तकी दिदीले थपेकी छिन्, ‘मलाई भगवानमाथि विश्वास छ । उहाँले सबै हेरिरहनुभएको छ ।’

उनले थपिन्, ‘१२० मिनेटको अन्तरवार्ता दिएर उनी सबै प्रश्नबाट मुक्त भइन् भनेर सोचिरहेकी छिन् भने उनी पूर्ण रुपमा गलत छिन् । जुन व्यक्तिलाई तपाईं प्रेम गर्नुहुन्छ, उसको मृत्यु भएपछि उसको छविलाई कसरी धुमिल्याउन सक्नुहुन्छ ? तर रियाले यस्तो गरिन् । रियाले भनेकी छिन् सुशान्तलाई उचाईदेखि डर लाग्थ्यो तर रियाको झुटो धेरै बेरसम्म टिक्न सकेन । सुशान्तलाई त जहाज उडाउन र हावामा स्टन्ट गर्न निकै मज्जा लाग्थ्यो ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।