शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको कोरोना अस्पतालमा पनि एक संक्रमितको मृत्यु

शुक्रबार, १२ भदौ २०७७, १४ : ३२
शुक्रबार, १२ भदौ २०७७

पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । 

श्वासप्रश्वासमा समस्या देखिएपछि आजै उपचारको लागि अस्पताल आएका पोखरा १६ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । मृतक पुरुषमा कोरोनासँगै उच्च रक्तचाप र मधुमेहका समेत समस्या थियो । उपचारका लागि अस्पताल आएका उनको अपराह्न १२ बजेर १५ मिनेट जाँदा भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । 

पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुने यो चौथो केस हो । हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाई सकेका छन् । पछिल्लो अपडेटअनुसार गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०२६ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप