शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञापछि पेट्रोलियम पदार्थको व्यापार २५ प्रतिशतमा खुम्चियो

शुक्रबार, १२ भदौ २०७७, १४ : १९
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं । १२० दिन लामो बन्दाबन्दी (लकडाउन) पछिको निषेधाज्ञामा नेपाल आयाल निगम (एनओसी) को व्यापार २५ प्रतिशतमा खुम्चिन पुगेको छ । गत भाद्र ४ गतेदेखि काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लालाई सरकारले निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उक्त समयमा पेट्रोलियम पदार्थको व्यापार २०–२५ प्रतिशतमा सिमित हुन पुगेको हो ।

हाल उपत्यकामा पेट्रोलियम पदार्थको व्यापार सरदर सामान्य दिनहरुको तुलनामा करिब २५ प्रतिशतमा मात्र भइरहेको आयल निगमले जनाएको छ । सरदर दैनिक १५–१६ सय किलोलिटर (पेट्रोल र डिजेल) पेट्रोलियम पदार्थको खपत भइरहेकोमा हाल निषेधाज्ञापछि उपत्यकामा मुस्किलले दैनिक ४ सय किलोलिटर हारहारीमा मात्र पेट्रोलियम पदार्थको विक्री वितरण भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले रातोपाटीलाई जानकारी दिए ।

‘भन्नेनै हो भने, यतिखेर उपत्यकामा पेट्रोलियम पदार्थको व्यापार करिब २५ प्रतिशत जति मात्र भइरहेकोे छ । सरदर समान्य दिनहरुमा १५–१६ किलोलिटर पेट्रोलियम पदार्थ खपत भइरहेको सहरमा अहिले मुस्किलले दैनिक ४ सयको हारहारीमा मात्र भइरहेको छ ।’ उपाध्यायले भने, ‘यसरी निगमको व्यापारमा ठूलो मात्रामा संकुचन आउनुमा पछिल्लो पटकको निषेधाज्ञा जिम्मेवार छ ।’

उपाध्यायले भने, ‘निषेधाज्ञा जारी रहेकै अवस्थामा पनि तरकारी, दुध, पानी, एम्बुलेन्स तथा फोहोर ढुवानीका साधन जस्ता अत्यावश्यकीय सवारी साधनहरु सञ्चालनमा नै रहिरहेकाले जेनतेन २५ प्रतिशत भनेपनि व्यापार भइरहेको छ ।’
प्रवक्ता उपाध्यायकाअनुसार यसअघिको १२० दिन लामो लकडाउनले पेट्रोलियम पदार्थको खपत ५० प्रतिशतले कटौती भएकोमा यस पटकको निषेधाज्ञाले ५० प्रतिशतबाट पनि थप २५ प्रतिशत कटौती हुँदै कुल २५ प्रतिशतमा व्यापार सिमित हुन पुगेको हो ।

हाल सरदर सामान्य दिनहरुमा काठमाडौं उपत्यकामा औषत ८५० देखि ९०० किलोलिटर डिजेल र ६५० किलोलिटरमा पेट्रोलको खपत हुँदै आएको छ ।  मुलुककै उच्च जनघनत्व भएको र सवारीको उच्च चाप रहने काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहदा सवारी साधनहरु चल्न नपाउँदा पेट्रोलियम पदार्थको खपतमा उच्च गिरावट आएको हो ।

उपत्यकामा नै पेट्रोलियम पदार्थको खपत झण्डै ७५ प्रतिशतले गिरावट आइरहेको अवस्थामा अन्य क्षेत्र उपत्यका बाहिर झन् अवस्था कमजोर रहेको निगमले जनाएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप