विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमति महिलाको मृत्यु
सिरहा । लहान घर भएकी कोरोना संक्रमित दिर्घरोगी ६५ वर्षीय बृद्ध महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ। विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा लहान–९ खुट्टीपारि घर भएकी बृद्ध महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
दिर्घरोगी रहेकी ती महिलाको स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा अस्पतालले स्वाब परीक्षण गरेपछि बिहीबारनै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। विरामीलाई आइसोलेशनमा राखेर उपचार भइरहेको अवस्थामा स्वास्थ्य अवस्था थप गम्भिर बन्दै गएपछि उनलाई ४ घण्टा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। मृतकको शव लहान ल्याउने तयारी भइरहेको बताइएको छ। योसँगै सिरहामा कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ।
यसअघि बिहीबार साँझ सुखिपुर नगरपालिकाका ५५ वर्षीय पुरुषको उपचारका क्रममा धरानमा मृत्यु भएको थियो भने लहान नगरपालिका– २४ गोविन्दपुर मलहन्माका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारको क्रममा भदौ ८ गते धरानमै मृत्यु भएको थियो। त्यस्तै मिर्चैया नगरपालिका– ४ घर भएका करिब ६० वर्षीय पुरुषको ३ भदौमा मृत्यु भएको थियो ।
त्यसैगरी २९ साउनमा विष्णुपुर गाउँपालिका– १ का ४० वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो । यसअघि २२ साउनमा गोलबजार नगरपालिका– १२ बेतौनाका करिब २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
-
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख
-
मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय
-
लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश