शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

रुसी भ्याक्सिनविरुद्धको ‘कोकोहोलो’ : सुरक्षा–चासो कि कोरोना भ्याक्सिनको बजारमा प्रभुत्वको चिन्ता ?

यसकारण पर्ख र हेरको अवस्थामा रुसी भ्याक्सिन
शुक्रबार, १२ भदौ २०७७, १३ : १२
शुक्रबार, १२ भदौ २०७७

विश्वका लागि यतिखेर प्रत्यक्ष रुपमा सबैभन्दा ठूलो चुनौति कोरोनाभाइरसको महामारी बनेको छ । यो महामारीले विश्वको अर्थव्यवस्थालाई धरमर बनाइदिएको छ, सामाजिक जनजीवन तहसनहस बनाइदिएको छ र सारा संसारको गतिविधिलाई उथलपुथल बनाइदिएको छ । जीवन र जगत्का सम्पूर्ण गतिविधिहरु, व्यवस्थाहरु र जीवनचक्रलाई यसले अस्तव्यस्त बनाइदिएको छ । यो स्थितिबाट पार पाउने सबैभन्दा मुख्य उपाय भनेकै अहिले कोभिड–१९ महाव्याधिविरुद्ध प्रभावकारी खोपको खोजी नै हो । त्यहीकारण यतिखेर सारा विश्वका सर्वोत्कृष्ट मस्तिष्कहरु त्यो खोप निर्माणको अभियानमा महायुद्धस्तरमा लागिपरेका छन् । कतिपय खोपहरु परीक्षणका अन्तिम चरणबाट गुज्रिरहेका छन् । जसको सफलताले अहिलेको महामारीमाथि ब्रेक लगाउन सक्नेछ, जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सक्नेछ र धरमराइरहेको विश्वअर्थव्यवस्थालाई पुरानै लय र गतिमा फर्काउन मद्दत गर्न सक्नेछ ।

यस अर्थमा अहिले कोरोनाभाइरस विरुद्धको खोप निर्माण सबैभनदा महत्वपूर्ण र सबैको लागि उच्च प्राथमिकताको विषय बनेको छ ।

सारा विश्वलाई चकित पार्दै रुसले कोरोनाभाइरसविरुद्ध सफलतापूर्वक खोप निर्माण गरेको यसै महिना दावी गरेका छन् । यो यस अर्थमा पनि विश्वलाई आश्चर्यचकित पार्ने खालको रह्यो कि विश्वका थुप्रै मुलुकका कम्पनीहरुले खोप निर्माणको अभियानमा आफूलाई होमिरहँदा र तिनको चरणबद्ध प्रगतिको तथ्यहरु सार्वजनिक गरिरहँदा अहिले खोप बनाएको दावी गर्ने रुसी कम्पनी वा संस्थाले त्यस दिशामा गरिरहेको कामको विश्वलाई कुनै अत्तोपत्तो थिएन ।

खोप निर्माणका परम्परागत प्रविधि र प्रोटोकलहरुलाई पन्छाउँदै ‘फास्ट ट्र्याकबाट खोप निर्माण गर्ने अभियान होडबाजीको स्तरमा चलिरहेको र केही खोपहरु अन्तिम चरणमा पुगिसकेको भनिरहेकै बेलामा सारा विश्वलाई चकित पार्दै रुसले कोरोनाभाइरसविरुद्ध सफलतापूर्वक खोप निर्माण गरेको यसै महिना दावी गरेका छन् । यो यस अर्थमा पनि विश्वलाई आश्चर्यचकित पार्ने खालको रह्यो कि विश्वका थुप्रै मुलुकका कम्पनीहरुले खोप निर्माणको अभियानमा आफूलाई होमिरहँदा र तिनको चरणबद्ध प्रगतिको तथ्यहरु सार्वजनिक गरिरहँदा अहिले खोप बनाएको दावी गर्ने रुसी कम्पनी वा संस्थाले त्यस दिशामा गरिरहेको कामको विश्वलाई कुनै अत्तोपत्तो थिएन । यो स्थितिबीच ठूलो धुमधामका साथ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य रुसी अधिकारीहरुले यसै महिना घोषणा गरेका थिए कि रुसले कोरोनाभाइरसविरुद्धको खोप सफलतापूर्वक निर्माण गरको छ । रुसी दावीअनुसार, ‘स्पुटनिक पाँचौं’ नाम दिएको सो रुसी भ्याक्सिनको एक अर्ब डोज बजारमा आउनसक्नेछ ।

सारा संसारको गतिलाई एक किसिमले रोकिदिएको कोरोनाभाइरसविरुद्धको खोप निर्माणको त्यो खबर वास्तवमा आफैंमा महान सुखद समाचार थियो । तर यथार्थमा चाहिँ त्यस्तो भएन । रुसी खोपको दावी एकातिर रह्यो, दावीलाई थप विश्वसनीय बनाउन र पुष्ट्याइँ गर्न कतिसम्म भनियो भने स्वयं रुसी राष्ट्रपतिकी एकजना छोरीले समेत त्यो खोप लगाएकी छिन् ।

रुसी दावी र त्यसका समर्थनमा दिइएका तर्कहरु सुन्दा  यस्तो ठानिएको थियो कि सायद शताब्दीकै ठूलो महामारीलाई यसले अन्त्य गर्नेछ ।

तर रुसी दावीलाई विश्वले सहज रुपमा लिएन । रुसी दावीको सत्यता, भ्याक्सिनको विश्वसनीयता र त्यसको परीक्षणको तौरतरिकामा विश्वजगत् विशेषतः रुसका प्रतिद्वन्द्वी पश्चिमा मुलुकहरुले अविश्वास र आशंकाका पर्खालहरु तेर्साए । भ्याक्सिन निर्माणमा रुसले अपनाएको फास्ट ट्र्याक र परीक्षण प्रक्रियाको प्रोटोकललाई कसरी परिपालना गरियो भन्ने कुरा गोप्य राखेको बारे बारम्बार प्रश्न उठेपछि यतिखर आफ्नो भ्याक्सिनबाट विश्वलाई बचाउन धनुुष उठाउनुको साटो रुसी अधिकारीहरु आफैै रक्षात्मक अवस्थामा पुुगेका छन् ।

भ्याक्सिनको विश्वसनीयतामाथि उठेका प्रश्नहरुको प्रतिवादमा रुसी पदाधिकारीहरु उत्रेका त छन् । जस्तो कि, ‘केही विदेशी प्रतिस्पर्धीहरु, जसले पक्कै प्रतिस्पर्धामा रुसी उत्पादन अघि रहेको महसुस गरेका छन्, उनीहरुले आधारहीन विचार व्यक्त गर्ने प्रयास गरिरहेका छन्,’ रुसी स्वास्थमन्त्री मिखाईल मुर्रास्कोले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।

रुसी अधिकारीहरुले भ्याक्सिनको सुरक्षाबारेको चिन्तालाई खारेज गर्दै यसलाई पश्चिमा देशहरुको इर्ष्या र असन्तुुष्टी भनेका छन् ।  तर, एक सर्वेक्षणअनुसार केवल २४ प्रतिशत रुसी डाक्टरमात्रै भ्याक्सिन लिन तयार छन् ।

स्पुटनिक पाँचौ नाम दिइएको यस खोपको तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण विधिवत रुपमा नभएको भन्दै त्यसैलाई आधार बनाएर यस खोपको प्रभावकारिताका विरुद्ध प्राय विचारहरु अघि आएका छन् । भ्याक्सिनको सुरक्षा र प्रभावकारीतालाई स्थापित गर्नका लागि यो ट्रायल निकै महत्वपूर्ण मानिन्छ ।

‘हामीले धेरै मानिसहरुलाई दुखी बनाउने मौका उपयोग गर्न चाहेका हुन्थ्यौं वा काम गर्ने केही कुरा उनीहरुलाई दिन चाहेका हुन्थ्यौं भने हामीले पनि यस्तै सुरु गर्नसक्थ्यौं, तपाईहरुलाई थाहा छ हामीले चाह्यौं भने यो कुरा अर्को हप्ता नै गर्नसक्छौं,’ अमेरिकाका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भनेका छन् ।

यस्तो ट्रायल छलेर रुसले प्रापोगान्डाको बिन्दुु हासिल गर्न मानिसहरुलाई खतरामा पारेको पश्चिमा स्वास्थ विद्हरुको चेतावनी छ । जस्तो कि, ‘हामीले धेरै मानिसहरुलाई दुखी बनाउने मौका उपयोग गर्न चाहेका हुन्थ्यौं वा काम गर्ने केही कुरा उनीहरुलाई दिन चाहेका हुन्थ्यौं भने हामीले पनि यस्तै सुरु गर्नसक्थ्यौं, तपाईहरुलाई थाहा छ हामीले चाह्यौं भने यो कुरा अर्को हप्ता नै गर्नसक्छौं,’ अमेरिकाका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भनेका छन् ।

रुसी वैज्ञानिहरुले यस्तो आलोचनालाई ‘अङ्गुर अमिलो  छ भनेजस्तो’ टिप्पणीका रुपमा लिएका छन् ।

भ्याक्सिन निर्माण गर्ने गामालिया इन्स्टिच्युटका निर्देशक अलेक्यान्द्रर गिन्ट्सवर्गका अनुसार कोरोना भाइरस भ्याक्सिनको बजारमा हिस्सेदारी खोज्नका लागि यस्तो टिप्पणी बाहिरिएको हो । 

‘हामी निश्चित छौं कि हामीसँग विश्वको उत्कृष्ट, सबैभन्दा धेरै परीक्षित र सबैभन्दा प्रभावकारी भ्याक्सिन छ,’ भ्याक्सिन विकासमा लगानी गर्ने राज्य नियन्त्रित इन्भेस्टमेन्ट फन्डका प्रमुख किरिल डेमिट्रिभले भनेका छन्, ‘हाम्रा प्रतिस्पर्धीहरुले यो राम्रोसँग बुझेकाले उनीहरु भ्याक्सिन बजारमा रुसको बलियो उपस्थितिलाई लिएर भयभीत छन् ।’

विश्वका ठूला शक्तिहरु भ्याक्सिनको विकास र उत्पादनमा प्रतिस्पर्धा गरिरहेका छन् । भ्याक्सिन सफल भयो र उनीहरुका देशका जनता तथा अन्य देशका जनताले त्यसलाई स्वीकारे भने सफलतापूर्वक भ्याक्सिन निर्माण गर्ने देशले ठूलो प्रतिष्ठासँगै भूराजनीतिक तथा आर्थिक फाइदा पनि हासिल गर्नेछ ।

त्यही कारणले समेत, अमेरिकाले ‘अपरेशन वार्प स्पिड’ नामक परियोजनामार्फत खर्बौं डलर यसमा खन्याएको छ । अहिले आठवटा भ्याक्सिन अन्तिम चरणको ट्रायलमा छन् । यसमा अक्सफोर्ड विश्वविद्यालय र अस्ट्रजेनिका, अमेरिकाको मोडर्ना र चिनियाँ भ्याक्सिन समावेश छन् ।

सामान्यतया भ्याक्सिन सफल हुन र आम प्रयोगका लागि मान्य हुनुअघि भ्याक्सिन तीन चरणको परीक्षणबाट गुज्रन्छन् । पहिलो दुई चरणमा निकै थोरै मानिसहरुलाई खोप लगाएर यसको प्रभावकारिता र विश्वसनीयता जाँचिन्छ आर्थत् त्यसले अमुक रोग वा किटाणु–विषाणुका विरुद्ध त्यसले प्रतिरोधी क्षमता बढाउँछ वा हानी गर्छ भन्ने परीक्षण गरिन्छ ।

अन्तिम अर्थात् तेस्रो चरणमा त्यसको व्यापक प्रभावकारिता जाँचिन्छ, त्यसले आम रुपमा रोग रोकथाम गर्छ वा गर्दैन र त्यसको समग्र परिणाम कस्तो आउँछ भनेर निक्र्यौल गर्न दशौं हजारमा भ्याक्सिन लगाइन्छ ।

अन्तिम चरणमा खोपका सम्भावित खराब साइडइफेक्ट पनि देखिनसक्छ, जस्तो– कोभीड–१९ को कठोर अवस्थामा उक्त इम्युुुनाइज निकै खराब हुने ।

त्यसो त सफलतापूर्वक भ्याक्सिन निर्माण गरेको दावी गरेका, आम मानिसहरुमा प्रयोग शुरु गरेका र त्यसमा सहमत हुने बाहिरी मुलुकहरुमा समेत निर्यात गर्नको लागि तयार रहेको रुसले यसै महिनामा भ्याक्सिनलाई स्वLकृति दिएर अन्तिम चरणको ट्रायल सुुरु गर्दैछ । ब्राजिल, क्युवा, फिलिपिन्स र साउदी अरेबियासहित २० देशमा भ्याक्सिन निर्यात गर्ने वा उत्पादन गर्ने विषयमा रुसले छलफल गरिरहेको छ ।

त्यसो त सफलतापूर्वक भ्याक्सिन निर्माण गरेको दावी गरेका, आम मानिसहरुमा प्रयोग शुरु गरेका र त्यसमा सहमत हुने बाहिरी मुलुकहरुमा समेत निर्यात गर्नको लागि तयार रहेको रुसले यसै महिनामा भ्याक्सिनलाई स्वLकृति दिएर अन्तिम चरणको ट्रायल सुुरु गर्दैछ । ब्राजिल, क्युवा, फिलिपिन्स र साउदी अरेबियासहित २० देशमा भ्याक्सिन निर्यात गर्ने वा उत्पादन गर्ने विषयमा रुसले छलफल गरिरहेको छ ।

भ्याक्सिनका लगानीकर्ता डेमिट्रिभका अनुसार रुसी वैज्ञानिकहरुले यसअघि सफल इबोला भ्याक्सिन बनाउने क्रममा यस्तै विधि प्रयोग गरेकाले उनीहरु अहिलेको भ्याक्सिनको सफलता र प्रभावकारितालाई लिएर विश्वस्त छन् । 

संयोगवश, महामारी सुरु हुनभन्दा केही अघिमात्रै गत वर्ष सेप्टेम्बरमा उनीहरुले मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) को क्लिनिकल परीक्षणबारे अध्ययन गरिरहेका थिए । हेक्का रहोस्, उक्त यो रोग पनि अहिले महामारी फैलाइरहेको सार्स–कोभ–२ कोरोना भाइरसकै प्रजातिसँग मिल्दोजुल्दा अर्कै प्रजातिको कोरोनाभाइरसका कारण लाग्छ ।

रुसको स्वास्थ मन्त्रालयले त्यहाँका स्वास्थकर्मी र शिक्षकहरुलाई पहिले खोप लगाइदिने जनाएको छ । त्यस्तै, रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आफ्नी एक छोरीले भ्याक्सिन लिइसकेको बताएका छन् ।

यति हुनुका बाबजुद रुसी डाक्टरहरु पनि यसको प्रयोगमा इच्छुुक देखिन्नन् । स्वास्थ मन्त्रालयले भ्याक्सिनलाई स्विकृति दिने प्रक्रिया अघि बढाइरहेका बेला मन्त्रालयको इथिक्स कमिटीका अध्यक्ष डाक्टर अलेक्स्यान्दर चुुचालिनले राजीनामा गरेका थिए । यसबारे उनले कुनै प्रतिक्रिया भने दिन चाहेका छैनन् ।

एक अनलाइन सर्वेमा सहभागी ३ हजार ४० डाक्टरमध्ये  केवल २४ प्रतिशतले मात्रै आफ्ना बिरामीहरुलाई कोभिड–१९ को नयाँ भ्याक्सिन लगाइदिनसक्ने बताएको कुरा प्रकाशमा आएको छ ।

सोही क्रममा रुसी डाक्टर र शिक्षकको प्रतिनिधित्व गर्ने विभिन्न मजदुर संगठनले आफ्ना सदस्यहरुलाई भ्याक्सिन नलिन सिफारिस गरेका छन् ।

‘प्रतिष्ठा र अर्थतन्त्रलाई उकास्ने लक्षसहित क्रेमलिनले राजनीतिक निर्णयका रुपमा अपरिपक्व रुपमा यसलाई स्वीकृति दियो,’ रुसको विपक्षी राजनीतिक समूह निकट डाक्टर्स एलाइन्स नाम ट्रेड युनियनकी निर्देशक अनास्तासिया भासिल्यभाले भनिन्, ‘डाक्टरहरु मुर्ख छैनन् । परीक्षण नगरिएको औषधीले के गर्नसक्छ भन्ने उनीहरु बुुझ्छन् ।’

भ्याक्सिन विकासको लामो रुसी इतिहासमा स्वीकृतिको अस्वभाविक बाटोले जरो गाडेको छ । १९५० को दशकमा रुसी वैज्ञानिकहरुले पोलियो भ्याक्सिनको परीक्षण आफ्नै बालबच्चामा गरेका थिए । अन्ततः यो भ्याक्सिन सफल नै साबित भएको थियो । १९६९ मा डाक्टर अलेक्स्यान्दर बुटेन्कोले दक्षिणी रुसमा महामारी बनेर फैलिएको क्रिमियन–कंगो हेमोरहाजिक ज्वरो नियन्त्रण गर्नका लागि तत्कालै भ्याक्सिन निकाले । उनले मेडिकल साइन्टिस्टको रुसी परम्परा पछ्याउँदै पहिले आफैंमा भ्याक्सिन लगाए, त्यसपछि सानो संख्याका मानिसहरुमा यसको परीक्षण गरे ।

भ्याक्सिन विकासको लामो रुसी इतिहासमा स्वीकृतिको अस्वभाविक बाटोले जरो गाडेको छ । १९५० को दशकमा रुसी वैज्ञानिकहरुले पोलियो भ्याक्सिनको परीक्षण आफ्नै बालबच्चामा गरेका थिए । अन्ततः यो भ्याक्सिन सफल नै साबित भएको थियो । १९६९ मा डाक्टर अलेक्स्यान्दर बुटेन्कोले दक्षिणी रुसमा महामारी बनेर फैलिएको क्रिमियन–कंगो हेमोरहाजिक ज्वरो नियन्त्रण गर्नका लागि तत्कालै भ्याक्सिन निकाले । उनले मेडिकल साइन्टिस्टको रुसी परम्परा पछ्याउँदै पहिले आफैंमा भ्याक्सिन लगाए, त्यसपछि सानो संख्याका मानिसहरुमा यसको परीक्षण गरे ।

रोग फैलनबाट रोकथाम गर्न सोभियत स्वास्थ अधिकारीहरुले यसलाई अन्तिम चरणको क्लिनिकल ट्रायल पूरा हुनअघि नै स्वीकृति दिए । त्यतिबेला पनि उक्त भ्याक्सिनले काम गरेको थियो ।

‘यस्तो तीव्र स्वीकृति केवल रमाइलो वा प्रतिस्पर्धाका लागि गरिने होइन,’ अहिले अवकाश पाइसकेका बुटेन्कोले भने, ‘यस्तो सधैं संकटमा गरिन्छ । महामारीको हानीविरुद्ध नयाँ भ्याक्सिनको जोखिम तौलिएर यस्तो गरिन्छ ।’

अहिलेसम्म वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धका भ्याक्सिनले यस रोगलाई बढावा दिनसक्ने कुनै संकेत भेटेका छैनन् । बेल्जियमस्थित लिउभेन विश्वविद्यालयका भाइरोलोजीका प्रोफेसर जोहान नियट्स भन्छन्, ‘तर यो कुरालाई हामीले दिमागमा भने राख्नैपर्छ ।’

‘दशकौंअघि बिरालोलाई संक्रमित गर्ने कोरोना भाइरसविरुद्ध प्रयोगात्मक भ्याक्सिन विकास गर्ने डच वैज्ञानिकहरुले प्रयोग र अध्ययनलाई ध्यानमा राख्नुपर्ने’ नियट्स बताउँछन् ।

त्यतिबेला यो भ्याक्सिन दिइएका बिरालोबाहेक फेलाइन भाइरसको सम्पर्कमा आउने अन्य जनावर निकै चाँडो मरेका थिए । १९९० मा जर्नल अफ भाइरोलोजीमा अध्ययन रिपोर्ट प्रकाशित गर्दै वैज्ञानिकहरुले यसलाई ‘अर्ली डेथ सिन्ड्रोम’ भनेका छन् । ‘सबैजना पर्ख र हेरको अवस्थामा रहनुको एक मुख्य कारण यो पनि हो,’ डाक्टर नियट्सले भने ।

न्यूयोर्क टाइम्स, वीएमजे जर्नल लगायत एजेन्सीहरुको सहयोगमा तयार पारिएको सामग्री

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप