बुटवल कोरोना अस्पतालमा लगातार मृत्यु: आज ६० वर्षीय पुरुषको ज्यान गयो

बुटवल । लुम्बिनी प्रदेशिक अस्पतालद्वारा सञ्चालित बुटवल कोरोना विशेष अस्पतालमा लगातर कोरोना संक्रमितहरुको मृत्यु भइरहेको छ । पछिल्ला ३ दिनदेखि सो अस्पतालमा लगातार संक्रमितहरुको मृत्यु भएको अस्पतालले जनाएको हो ।
बुधबार राती कपिलवस्तुका एक पुरुषको मृत्यु भएको अस्पतालमा हिजो बिहान १० बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकी नगरकी एक महिलाको मृत्यु भयो भने आज बिहान विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई बताए ।
उनकाअनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको मृत्यु भएको हो । भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो । उनको मृत्युसँगै अस्पतालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । जसमा कपिलवस्तुका ३, प्युठानका १ र रुपन्देहीका ४ जनाको मृत्यु भएको अस्पतालको तथ्याड्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार