शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टाटाको योद्धा सार्वजनिक

बिहीबार, २९ भदौ २०७४, १४ : ३४
बिहीबार, २९ भदौ २०७४

काठमाडौं–कमर्सियल भेहिकल व्राण्ड टाटा मोटर्सको नयाँ उत्पादन ‘टाटाको योद्धा’ नेपाली बजारमा सार्वजनिक भएको छ । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टे«डिङको सहकार्यमा टाटाको नयाँ गाडी बिहीबार सार्वजनिक भएको हो । 

यो गाडी प्रतिश्पर्धात्क युगमा अतुलनिय विषेशता भएको कम्पनीले जनाएको छ । यो गाडी ८५ एचपीको शक्तिशाली ३.० लिटर इन्जिन, २५० एनएम टर्कले उत्कृष्ट सावित भएको टाटाले जनाएको छ । जुनसुकै व्यवसायमा प्रयोग गर्न सहज रहेको यो गाडी खासगरि फलफुल, तरकारी, पोल्ट्री, माछा, दुध लगायत ढुवानीमा उपयोगी रहेको कम्पनीले जनाएको छ । 

बिहीबार राजधानीको सोल्टी होटलमा योद्धाको सार्वजनिक कार्यक्रममा टाटा मोटर्सका कमर्सियल भेहिकल इन्टरनेशनल विजनेश युनिटका भाइस प्रसिडेण्ट रुद्ररुप मैत्रले टाटाको उत्पादन परिचित रहेको भन्दै योद्धाले नेपाली ग्राहकको आवश्यकतालाई पुरा गर्नेमा विश्वस्त रहेको जनाए । 

उनले यो गाडी दैनिक प्रयोगका लागि उत्कृष्ट रहेको पनि बताए । टाटाको योद्धा ननस्टप पर्फमेन्स, अत्याधुनिक आरामदायीता, सुरक्षित, स्टाइलिस लुक र एस्योर्ड सर्भिस ग्यारेन्टी प्रदान गर्न सक्ने पनि उनको भनाइ छ । 

कार्यक्रममा सिप्रदी टे«डिङका अध्यक्ष सिद्धार्थ एस जेबी रानाले टाटा मोर्टससँगको आफ्नो सहकार्य अनवरत रहेको भन्दै नेपाली बजारमा यसका उत्पादन उपयोगी र सहयोगी रहेको जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप