बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खराब स्वास्थ्यको अड्कलबीच जापानी प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्दै

शुक्रबार, १२ भदौ २०७७, १० : ०१
शुक्रबार, १२ भदौ २०७७

जापानका प्रधानमन्त्री शिन्जो आशेले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । उक्त पत्रकार सम्मेलनमा उनले आफ्नो स्वास्थ्यस्थिती बारे कुरा गर्ने अनुमान गरिएको छ । एक हप्ताभित्र शिन्जो आबेको अस्पतालमा विभिन्न प्रकारको परीक्षण भएको छ ।

यद्यपि, जापानको सत्ताधारी पार्टीले प्रधानमन्त्रीको स्वास्थ्य पूर्ण रुपमा ठिक भएको बताएको छ । तर शिन्जो आबे पटक–पटक अस्पताल गएपछि यस्तो प्रकारको अडकलबाजी गरिएको हो । शिन्जो आबोको सेप्टेम्बर २०२१ मा कार्यकाल समाप्त हुँदैछ, यस्तो अवस्थामा धेरैले उनलाई आफ्नो कार्यकालसम्म प्रधानमन्त्रीको कुर्सीमा रहन्छन् वा खराब स्वास्थ्यका कारण पहिले नै कुर्सी छोड्नेछन् भनेर प्रश्न सोधिरहेका छन् ।

सोमबार शिन्जो आबेले जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको कुर्सीमा रहने व्यक्तिको रेकर्ड तोडिसकेका छन् ।

कोरोनाभाइरस महामारीसँग जुध्नका लागि आबेको आलोचना भइरहेको छ । यसबाहेक उनका पार्टीका सदस्यका सदस्यमाथि लागेको विभिन्न आरोपका कारण पनि उनी घेरिएका छन् । कोरोना महामारीका कारण जापानको अर्थव्यवस्थाको स्थिती ऐतिहासिक रुपमा तल्लो स्तरमा छ । आबेले चाँडै नै अर्थव्यवस्थालाई लयमा ल्याउने बचन दिएका छन् ।

स्रोतः बीबीसी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप