पुटिनको यो घोषणाले बढ्यो हलचल, प्रहरी बल पठाउने तयारी

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले उनले बेलारुसमा आवश्यक पर्दा हस्तक्षेपका लागि एक प्रहरी रिजर्भ फोर्सको गठन गरेको जानकारी दिएका छन् । यद्यपि, उनका अनुसार अहिले यो फोर्स पठाउने स्थिती आइसकेको छैन ।
रुसको सरकारी टिभीमा उनले भने, ‘बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले मलाई एक निश्चित पुलिस रिजर्भ बनाउन भनेका थिए र त्यो मैले बनाएको छु ।’
रशा–वान टिभीमा उनले भने, ‘हामीले स्थिती नियन्त्रणभन्दा बाहिर नभएसम्म यो फोर्सको प्रयोग नगर्ने विषयमा पनि सहमति जताएका छौं ।’
राष्ट्रपति लुकाशेन्कोले ९ अगस्टमा विवादित चुनावको विषयमा मानिसहरुको अत्यधिक विरोधको सामना गरिरहेका छन् ।
यसबाहेक विपक्षको एक प्रदर्शनमा बीबीसी समूहसमेत कम्तीमा १३ पत्रकारलाई राजधानी मिन्स्कमा हिरासतमा लिइयो ।
गृह मन्त्रालयले उनीहरुको पहिचानका लागि प्रहरी स्टेशनमा लगेका थिए । तर बीबीसीका स्टीव रोसेनबर्गले यसलाई समाचार सम्प्रेषणमा हस्तक्षेप गर्ने स्पष्ट कोसिस भएको बताएका छन् ।
स्थिती बिग्रिरहेको छः
राष्ट्रपति पुटिनले दुई देशबीच एक सम्झौताका कारण रक्षा मामिलामा बेलारुसको मद्दत गर्नु उनको कर्तव्य भएको बताएका छन् । साथै उनले दुई देशबीच गहिरो सांस्कृतिक, जातीय र भाषिक रुपमा सम्बन्ध भएको बताएका छन् ।
उनले भनेका छन्, ‘नयाँ फोर्स त्यतिबेलासम्म बेलारुसमा जानेछैन जबसम्म राजनीतिक नाराको प्रयोग गरेर अतिवादी तत्वको एक निश्चित सीमा पार हुँदैन । साथै, सशस्त्र डकैती, कार, घर, बैंकमा आगो लगाउनु, सरकारी भवनलाई जफत गर्नेलगायतका कोसिस नगरिएसम्म फोर्स पठाउने छैनौं ।’
साथै उनले भनेका छन्, ‘यद्यपि, हेर्ने हो भने अब स्थिती बिग्रँदो अवस्थामा छ ।’
पोल्याण्डका प्रधानमन्त्री माटेयूश मोरावियत्सकीले राष्ट्रपति पुटिन अन्तरराष्ट्रि काूनको प्रतिकूल उल्लंघनलाई लुकाउनका लागि बेलारुसमा नियन्त्रण बहाल गर्ने विचार गरिरहेको बताएका छन् ।
उनले यो योजनालाई तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् ।
रुस र बेलारुस कलेक्टिभ सिक्योरिटी ट्रीट अर्गनाइजेशनका सदस्य हुन् । यो संस्थामा पोस्ट–सोभियत थुप्रै देश समावेश छन् ।
दुई देशले सन् १९९६ मा एक संघ गठन गरेका थिए जसले दुई देशबीच एकीकरणले प्रोत्साहन पायो र यसअनुसार नागरिकले दुई देशमा स्वतन्त्र रुपमा बस्न र काम गर्ने अधिकार प्रत्यायभूत गरियो ।
पुटिनको योजनाको उद्देश्य के ?
अलेक्जेन्डर लुकाशेंकोले केही समय अघि स्थिती बिग्रिएको अवस्थामा रुस फोर्स उनको मद्दतको लागि आउने दाबी गरेका थिए ।
बीबीसी मस्को संवाददाता सारा रेन्सफोर्डको विश्लेषणका अनुसार राष्ट्रपति पुटिनले लुकाशेन्कोको यो दाबीमाथि सिधा मुहर लगाइदिएका छन् र यस्तो भएको खण्डमा बेलारुसमा खतरा घण्टी बजिरहेको बुझ्नुपर्छ ।
त्यो फोर्स कस्तो होला यसमा राष्ट्रपति पुटिनले कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन् । यद्यपि, ‘ल इन्फोर्समेन्ट अफिसर’ को अर्थ सामान्य प्रहरी होइन । यसमा दंगा रोक्ने प्रहरी, नेशनल गार्ड (रोसगार्डिया) र यहाँसम्म कि एफएसबी पनि समावेश हुनेछन् ।
यस्तो अवस्थामा सम्भावित हस्तक्षेप विपक्षी नेता र प्रदर्शनकारीका साथै पश्चिमका लागि पनि खतराको घण्टी हो ।
किनभने भ्लादिमिर पुटिनले मिन्स्क र मस्कोबीच विशेष सम्बन्धको कुरा गरेका छन् जसमा उनले जातीय सम्बन्ध, पारिवारिक सम्बन्ध र आर्थिक सम्बन्धको कुरा गरेका छन् ।
उनका अनुसार सीमामा के भइरहेको छ भनेर रुसलाई पहिले पनि यो कुराले फरक पार्दथ्यो । पुटिनले प्रदर्शनकारीको चिन्ताबारे पनि कुरा गर्दै यदि कुनै समस्या नभए उनको फोर्स सडकमा नउत्रने बताएका छन् ।
सारा रेन्सफोर्डका अनुसार एक तरिकाले उनले यो बयान दिएर अलेक्जेन्डर लुकाशेन्कोको समर्थन गरेका छन् र रुस उनको बचाउमा उत्रिएको छ ।
स्वेतलाना एलेक्सविच
युरोपेली संघले लगाउनेछ प्रतिबन्धः
युरोपेली संघ र अमेरिकाले बेलारुसको ९ अगस्टको मतदान न त स्वतन्त्र न नै निष्पक्ष भएको भन्दै खारेज गरेका थिए ।
युरोपेली संघले ती अधिकारीलाई प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ जसमा लुकाशेन्कोलाई जिताउनका लागि नतिजामा परिवर्तन र विपक्षी मुभमेन्टमाथि कारवाही गर्ने आरोप छ ।
बेलारुसमा यति ठूलो प्रदर्शन पहिले कहिले भएन । लुकाशेंकोले ८० प्रतिशत भोट हासिल गर्नुका साथै छैटौं पटक राष्ट्रपतिको कुर्सीलाई आफ्नो नाम गरेका छन् । उनी पहिले नै २६ वर्षसम्म राष्ट्रपति रहिसकेका छन् ।
विपक्षी को–ओर्डिनेशन काउन्सिलविरुद्ध एक आपराधिक मुद्दा दर्ता गरिएको छ जसमाथि लुकाशेन्कोले सत्ता हडप्ने कोसिस गरिरहेको आरोप लागाउने गर्छन् ।
अभियोजनकले बेलारुसमा सबैभन्दा ठूलो विपक्षी नेता मरिया कलियसनिकोवासँग सोधपुछ गरिरहेको छ । मिन्स्क स्थित अनुसन्धान समितीको भवनमा पुग्दा उनले समर्थकलाई हिम्मत नहार्न अपिल गरिन् जसका लागि उनको अत्यधिक तारिफ गरिँदैछ ।
अभियोजकले नोबेल साहित्य पुरस्कार विजेता स्वेतलाना एलेक्सविचसँग पनि बुधबार सोधपुछ गरेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन