शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारको मौसम पूर्वानुमान, कुन–कुन क्षेत्रमा भारी वर्षा ?

शुक्रबार, १२ भदौ २०७७, ०७ : ३१
शुक्रबार, १२ भदौ २०७७

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । 

साथै भारतको  छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम(उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ । 

महाशाखाले हाल देशभर सामान्य बदली रही देशका बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । 

शुक्रबार दिउँसो  देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

यसैगरी, गण्डकी प्रदेश, प्रदेश  ५, र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।  

यस्तै, राति देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यता, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप