वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका ८ का ५८ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो ।
प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उनको बिहीबार साँझ निधन भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले बताएका छन् । उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले पनि पुष्टि गरेको छ ।
मृतकमा उच्च रक्तचाप भएको र २० वर्षअघि क्षयरोग भएर १८ महिना औषधि सेवन गरेको स्वास्थ हिष्ट्री रहेको बताइएको छ । मृतकको शव प्रतिष्ठानमै रहेको र शुक्रबार नेपाली सेनाको टोलीले सुखिपुर ल्याउने प्रमुख जिल्ला अधिकारी कणेलले बताए । योसंगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ आउने तयारीमा मिटर ब्याज पीडित
-
नेपाल–इटाली सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड
-
‘हामी हारबाट आजित भइसक्यौँ, कृपया अबदेखि पाकिस्तान र भारतलाई एउटै समूहमा नराख्नु’
-
कालीमाटीको काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी
-
जयराज लिम्बुसहित सयौँ माओवादी केन्द्र प्रवेश
-
कन्डम किन्दा १४ करोड बाहिरियो, १ करोड ८६ लाख थान आयात