क्यानाडा विद्यालय पुनः खोल्ने तयारीमा, ट्रूडोद्वारा सहयोग कोष घोषणा

एजेन्सी । क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रूडोले महामारीका कारण बन्द भएका विद्यालयहरू खोल्न सहयोग पुर्याउन झण्डै एक खर्ब ५२ अर्ब अमेरिकी डलर बराबरको नयाँ कोषको घोषणा गरेका छन् । उक्त रकम आवश्यकताअनुसार प्रान्त र क्षेत्रीय सरकारलाई विद्यालयलाई सुरक्षित रूपमा पुनः सञ्चालनमा ल्याउनका लागि उपलब्ध गराउने क्यानडाको प्रधानमन्त्रीको कार्यालयले बिहीबार जानकारी गराएको छ ।
महामारीका कारण बन्द अवस्थामा रहेका विद्यालयहरू खोल्न दुई हप्ताभन्दा कम समय बाँकी रहेका वेला प्रधानमन्त्री ट्रुडोले उक्त कोषको घोषणा गरेका हुन् । क्यानडाका कतिपय प्रान्त तथा स्थानीय निकायले कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको विवरणहरू सार्वजनिक गरिरहेका समये विद्यालय पुनः सञ्चालनको लागि स्वास्थ्य सुरक्षा सहयोग कोष स्थापना भएको हो ।
एक महिना पहिले नै अर्थतन्त्र र स्वास्थ्य सेवा प्रणालीका लागि भन्दै प्रान्त र क्षेत्रहरूलाई १९ अर्ब क्यानाडेली डलर सहयोग घोषणाको व्यवस्था गर्ने आश्वासन दिएका थिए । पछिल्लो कोष प्रान्त र क्षेत्रहरूलाई स्थानीय विद्यालयमा जाँदा विद्यार्थी र कर्मचारीहरूलाई कोभिड–१९ को महामारीबाट सुरक्षित राख्न अपनाउनुपर्ने उपायहरूको व्यवस्था गर्न गरिएको हो । जस अन्तर्गत विद्यालयहरूमा सिकाइका लागि अतिरिक्त स्थान, स्वच्छ हावा, हात सफा गर्ने साबुन तथा सफाईका अन्य सामान र व्यक्तिगत सुरक्षाका सामानहरू मास्क, स्यानिटाइजरलगायतको व्यवस्था गरिनेछ ।
“बालबालिकालाई सुरक्षित रूपमा विद्यालय फर्काउनु अर्थव्यवस्थालाई पुनः सुरु गर्न महत्वपूर्ण छ । यसले अभिभावकलाई आफ्ना बच्चाहरूको स्वास्थ्यको बारेमा कुनै चिन्ता नगरी विद्यालय फर्किन सघाउने विश्वास मैले लिएको छु” प्रधानमन्त्री ट्रुडोले भने
“हाम्रा बच्चाहरू कक्षाकोठामा सुरक्षित हुनुपर्दछ । यो वेवास्ताा गर्न नहुने विषय हो,” उनले भने । ट्रूडो सरकारले आदिवासी समुदाय रहेका विद्यालयहरूमा ११ करोड क्यानडेली डलर लगानी गर्ने यस पहिले नै घोषणा गर्नुभएको छ । क्यानडामा गत मार्चको मध्यदेखि विद्यालय र व्यवसाय बन्द भएपछि विद्यार्थीहरूले घरबाटै अनलाइन कक्षाहरू लिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु