प्रदेश नं १ मा ९० कोरोना सङ्क्रमित थप

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ९० कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये ३४ महिला र ५६ पुरुष छन् । कोरोना सङ्क्रमित थपिनेमा मोरङका ४६, सुनसरीका ३८, सङ्खुवासभाका चार तथा इलाम र प्रदेश बाहिरका एकएक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाका अवधिमा विराटनगरमा ३८ कोरोना सङ्क्रमित थपिएका छन् । तिनमा २० महिला र १८ पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा कटहरीका तीन महिला र चार पुरुष तथा सुन्दरहरैँचाका एक पुरुष छन् ।
प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३० पुगेको तथा पछिल्लो २४ घण्टामा ८१ जना निको भएर घर फर्केका छन् । हालसम्म प्रदेशमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या एक हजार ४९६ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ७७३ जनाको पिसिआर परीक्षण भई हालसम्म ८३ हजार ८७५ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो