दक्षिण कोरियामा फेरि बढ्न थाले सङ्क्रमित

एजेन्सी । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । यसैबीच बिहीबार प्राप्त समाचरमा यहाँ कोरोनाका थप ४४१ जना भेटिएको बताइएको छ । यो केही महिना यतादेखिकै सबैभन्दा बढी संख्या भएको बताइएको छ ।
यहाँको स्वस्थ्य मन्त्रालयले यो संख्या गएको मार्च ७ तारिख पछि एकै दिन देखिएको यो सबैभन्दा बढी संख्या भएको बताएको छ । यहाँ बिहीबार सम्ममा सङ्क्रमितहरुको संख्या १६ हजार नाघेको बताइएको छ । प्राप्त समाचारमा यो संख्या १८ हजार ६०० जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि १०० जनाभन्दा बढीको संक्रमित थपिएका छन् ।
उनीहरुमध्ये अधिकांश समुदायमै भेटिएका हुन् भने थोरै मात्र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या ३१३ पुगेको पनि बताइएको छ । यहाँका सङ्क्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ । तर पछिल्लो समयमा विदेशबाट आएका र समुदायमा भेटिएका व्यक्ति बढी पाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनैतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम