शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा फेरि बढ्न थाले सङ्क्रमित

बिहीबार, ११ भदौ २०७७, १९ : २९
बिहीबार, ११ भदौ २०७७

एजेन्सी । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । यसैबीच बिहीबार  प्राप्त समाचरमा यहाँ कोरोनाका थप ४४१ जना भेटिएको बताइएको छ । यो केही महिना यतादेखिकै सबैभन्दा बढी संख्या भएको बताइएको छ ।

यहाँको स्वस्थ्य मन्त्रालयले यो संख्या गएको मार्च ७ तारिख पछि एकै दिन देखिएको यो सबैभन्दा बढी संख्या भएको बताएको छ । यहाँ बिहीबार सम्ममा सङ्क्रमितहरुको संख्या १६ हजार नाघेको बताइएको छ । प्राप्त समाचारमा यो संख्या १८ हजार ६०० जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि १०० जनाभन्दा बढीको संक्रमित थपिएका छन् । 

उनीहरुमध्ये अधिकांश समुदायमै भेटिएका हुन् भने थोरै मात्र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या ३१३ पुगेको पनि बताइएको छ । यहाँका सङ्क्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ । तर पछिल्लो समयमा विदेशबाट आएका र समुदायमा भेटिएका व्यक्ति बढी पाइएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप